• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खाना नै औषधी हो: डा. अरुणा उप्रेती


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • ४० देखि ६० वर्ष नाघेका महिलाको केही हप्ताअघि रगत जाँच गरायौँ । त्यसमध्ये धेरैजसो मासु नखाने थियौँ । मासु खाने पनि हप्तामा एकचोटि मात्रै खानेहरू थिए । हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन बि १२ छ भनेर जाँच गराएका थियौँ । एक स्त्री रोग विषेशज्ञ साथीले “४० वर्ष कटेपछि क्याल्सियम चक्की खानैपर्छ” भनेकी थिइन् । अचम्म यो रह्यो कि माछा, मासु, अण्डा नखानेहरूको क्याल्सियम, भिटामिन बी १२ को मात्रा धेरै राम्रो थियो । त्यस्तै रगत जाँचमा रहेको हेमोग्लोबिनमा पनि कुनै समस्या थिएन । यीमध्ये कसैले पनि आइरन चक्की, क्याल्सियम र भिटामिन कुनै पनि झोल वा क्याप्सुल खाँदैनन् । तर स्वस्थ्यकर खाना खान्छन् । मिठाइ त प्रसादको रूपमा कहिलेकाहीँ नगन्य मात्रै प्रयोग गर्छन् । यिनीहरू दिनदिनै योगासन गर्छन् ।

    Advertisement

    हाल नेपालमा सबै ४० वर्ष भन्दा माथिकाले क्याल्सियम, भिटामिन डिको चक्की र रगत बढाउन केही औषधी खानैपर्छ भन्ने मान्यता चिकित्सा जगत्मा स्थापित हुँदै गएको छ । तर स्वस्थ्यकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को एक विचार पनि चिकित्सा जगत्मा स्थापित छ । मचाँहि दोस्रो विचारको पक्षपाती हुँ र त्यसै अनुरूप जीवन चलाउन कोसिस गरिरहेकी हुँ । “स्वस्थकर भोजन गरियो भने औषधिको केही आवश्यकता पर्र्दैन, भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि केही फाइदा हुँदैन” भन्ने मैले सिकेको ज्ञान हो ।

    तर अहिले औषधि कम्पनीहरूको यति ठूलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्रायः हामी त्यसको सिकार हुन्छौँ । उदाहरणका लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुन सक्छ र यसले भ्रुणलाई पनि प्रभावित पार्छ । यो सत्य हो। तर गर्भावस्थामा महिलाले प्रोटिनयुक्त खानेकुरा, जस्तो-चना, भटमास, कोदो, फापर, मकै, विभिन्न हरियो तरकारी कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु करिपत्ता, निगुरो अनेक प्रकारका साग, दूध, मोही आदि खाने भने शरीरमा प्रोटिन र विभिन्न प्रकारका भिटामिनको कमी हुन पाउँदैन ।

    म गर्भवती हुँदा क्याल्सियम आदि खाने जरुरत भएन । अनेक प्रकारका चिसो पेय पदार्थ र पत्रु खाना त म त्यो बेलामा पनि खान्नथेँ । बजारमा पाइने मिठाइप्रति अलिकता लोभचाहिँ लाग्थ्यो । जेरी, स्वारी खाजा खान पाउँदा खुसी नै हुन्थेँ । यसरी जेरी स्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने जानेपछि मैले यसरी बजारका खाना ठ्याम्मै छोडिदिँए । घरमा पकाएको सेल, पुरी, अचार, मालपुवा मीठो मानेर कहिलेकाहीँ खान्छु नै ।

    “यसरी बजारको खाने कुरा नखाएर बस्न संभव हुँदैन । खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरू केही हुँदैन”- कति परिचित भन्छन् । त्यसमध्ये त कतिजना पत्रकार पनि छन् । “तपाईँले लेखेको पढेर पनि के गर्नु, पत्रु खाना खान करै लाग्छ। घरबाट बनाउन भ्याइँदैन”-उनीहरूको भनाइ हुन्छ । उनीहरूलाई म भन्ने गर्छु-“पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ । चना, चिउरा, उसिनेको आलु त प्रायः सबै खाजा घरमा भैहाल्छ । यस्तो खाजा छाडेर पत्रु खाना खाएपछि त पछि तपाईँको स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । दौडधुप गर्न नसकेपछि तपाईँको काममा नै प्रभाव पर्दैन र? त्यो बेलमा बिरामी भएर बस्नचाहिँ तपाईँसँग फुर्सद हुन्छ?”

    मैले यसरी कडा शब्दमा भनेपछि कति महिला पत्रकारले चाहिँ पत्रु खाना खाने आफ्नो बानी छाडेको छु भनेर जानकारी पनि दिएका छन् । कतिले घरमा नै खाना खाएर जाने र केही खाजा पनि बोकेर काममा जाने गरेको भनेका छन्। उनीहरूचना उसिनेर भुटेर चिउरासँग खान्छन् ।” पेटटम्म भरिँदो रहेछ” भन्ने भनाइ सुनेपछि मलाई के खुसी लाग्छ भने मैले लेखेर बोलेपछि केही व्यक्तिको जीवनमा त सुधार भयो ।

    कतिजनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर “तपाईँ पोषणविद् हो?” भन्छन्। कहिलेकाहीँ त “पोषणविद्” को पगरी नै लगाइदिन्छन्। मैले स्पष्ट शब्दमा भन्ने गरेकी छु-“म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा । मैले पोषणको बारेमा साना साना तालिम मात्र लिएकी छु । तर पोषणविद् भन्ने उपाधि दिने ठूलो तालिम पनि लिएकी छैन । फेरि म यस्तो ठूलो वैज्ञानिक कुरा कहाँ गर्छु र? घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागती जस्ता स्वस्थकर स्थानीय खाने कुराको प्रयोग गर्नुपर्छ । र, हाम्रो भोजन नै हाम्रो औषधि हो भन्ने सामान्य र सबैले जानेको कुरा मात्र म भन्छु। नयाँ कुरा त मैले केही भनेकी छैन ।”

    समय समयमा कार्यशाला र गोष्ठीहरूमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि (पोषण र स्वास्थ्यसम्बन्धी) मैले के अनुभव गरेकी छु भने पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा साँच्ची नै तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने देखिन्छ ।

    बालबालिकाको शरीरलाई वयस्कको शरीर भन्दा अनुपातिकरूपमा बढी ऊर्जा, बढी प्रोटिन र बढी सूक्ष्म पोषण तत्व चाहिन्छ । १० वर्षको बच्चाको शरीरको अंग-प्रत्यंग छिटोछिटो बढिरहेको हुन्छ । ऊ चल्छ, उफ्रन्छ, खेल्छ, कराउँछ त्यसैले ऊर्जा पनि बढी चाहिन्छ । यस्तो बेलामा उसको शरीरलाई चाहिने गरी भोजन पुगेन भने छाला कमजोर भएर कुपोषित हुन्छ । झन् किशोरीलाई पौष्टिक खानाको कमी भयो भने भ्रुणलाई रगतको कमी हुने, हड्डी राम्रोसँग विकसित नहुने, महिनावारी समयमा नहुने हुनसक्छ । यसले गर्दा उनको प्रजनन् स्वास्थ्यमा नै समस्या पर्छ । अनि नयाँ कुरा सिक्न सक्दैनन् । अनि विकासको बाटो नै अवरुद्ध हुन्छ ।

    ४ वर्षअघि म मुगु जाँदा त्यहाँको एउटा स्कुलमा दिउँसो एक बजे एकजना परिचारिकाले सबै विद्यार्थीलाई चाउचाउको पोको बाँडेको देखेँ। धेरै अभिभावकले भने- “एक त हामीलाई फुर्सद छैन, अर्को हामीले दिएको खाजा लैजान मान्दैनन् हाम्रा छोराछोरी। त्यसैले बरु पैसा दियो आनन्द ।” तर आमाबुबाले यसरी पैसा दिँदा बालबालिकाले पत्रु खाना खाएर स्वास्थ्य खत्तम हुन्छ भन्ने बुझेनन् । थाहा भयो कि त्यहाँका प्रत्येक विद्यार्थीलाई स्कुल लागेको दिन रु. १२ को खाजा दिनू भनेर सरकारले नै दिवा खाजाको प्रबन्ध गरेको रहेछ । तर स्कूलका शिक्षकहरूले दिवा खाजाको महत्व, उद्देश्य नबुझेर होला त्यो पैसाले चाउचाउ किनेर विद्यार्थीलाई दिए । मैले शिक्षकसँग सोध्दा भनेका थिए-“के गर्नु यस्तै खाजा दिएपछि बच्चाहरू खुसी हुन्छन् ।”

    त्यसो सुन्दा मेरो मन चसक्क दुखेको थियो- दिवा खाजाको महत्व, बालबालिकाको स्वास्थ्यसँग जोडिएको पोषणबारे त्यो शिक्षकले नै बुझेका रहेनछन् भनेर । मुगुमा पाइने आलु, फर्सी, कोदो, फापर आदिको परिकार बनाएर पनि ख्वाउन सकिन्छ नि भन्ने मेरो विचार सुनेर शिक्षकले भनेका थिए-“कहाँ बनाउनु, कसले बनाउनु, त्यो झन्झट कसले गर्ने? बरु जे सजिलो छ, त्यही किनेर दियो आनन्द ।” स्वास्थ्य मन्त्रालयले पनि शायद ती ठाउँमा अनुगमन गर्न भ्याएको थिएन होला । अभिभावकले पनि बच्चालाई स्कुलमा चाउचाउ, बिस्कुट दिएको छ भनेर खुसी भए होलान् । चाउचाउ दिवा खाजा खाएर हुर्केको विद्यार्थीले कसरी मुगुको विकासमा योगदान पुर्याउलान् त?

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer