• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतको कोहिनुर ग्रुपमा भएकाे २० अर्ब बैंकिङ घोटालामा मोतिलाल-विवेक दुगड संलग्न


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली व्यावसायिक घराना एमभी दुगड ग्रुपका सञ्चालक मोतिलाल दुगड र उनका छोरा विवेक दुगडले भारतमा केही कम्पनीमार्फत लिएकाे १२ अर्ब भारतीय रुपैयाँ (भारु) (१९ अर्ब २० करोड रुपैयाँ) ऋण नतिरी बैंकिङ घोटाला गरेको खुलेको छ ।
    एमभी दुगड ग्रुप तथा सनराइज बैंकका अध्यक्षसमेत रहेका मोतिलाल र ग्रुपका उपाध्यक्षसमेत रहेका उनका छोरा विवेकले भारत कोलकातामा कोहिनुर स्टिल प्रालि र कोहिनुर पल्प एन्ड पेपर प्रालिका नाममा करिब एक दर्जन बढी बैंकबाट ७ अर्ब ७४ करोड भारु ऋण लिएर नतिरी कालोसूचीमा परेपछि भारतका ती बैंकहरूले थप सोधपुछ गर्दै नेपाल राष्ट्र बैंकसमक्ष मौखिक जानकारी गराएका छन् ।

    Advertisement

    त्यस्तै बोथ्रा कोमोट्रेड प्रालि, कोहिनुर मिनरल्स एन्ड माइनिङ प्रालि, कोहिनुर लाइम्स प्रालि, संकल्प ट्रेड लिंक प्रालि, कोहिनुर पावर प्रालिलगायत कम्पनीले स्टेट बैंक अफ इन्डियालगायत बैंक तथा वित्तीय संस्थासँग लिएको थप ५ अर्ब भारु (८ अर्ब रुपैयाँ) ऋण पनि चुक्ता नगरेको पाइएको छ ।

    मोतिलाल र विवेकले भारतीय व्यावसायिक घराना कोहिनुर ग्रुपका अध्यक्ष विजय बोथ्रा र उनका छोरा प्रशान्त बोथ्रासँग ती कम्पनीमा लगानी गरेका छन् । विजय मोतिलालका सम्धी तथा विवेकका ससुरा हुन् भने प्रशान्त विवेकका सालो हुन् ।
    कोेहिनुर ग्रुपअन्तर्गत कोहिनुर स्टिल प्रालि, कोहिनुर पल्प एन्ड पेपर प्रालि, कोहिनुर पावर प्रालिलगायत कम्पनी सञ्चालनमा छन् ।
    मोतिलालले भारतमा सम्धी र छोराको सालोसँग सन् २०१४ मा नेपालबाट टिएम दुगड ग्रुपका नामबाट लगानी गरेका थिए। यो ग्रुप स्थापना हुँदा मोतिलाल र उनका दाइको नाममा थियो । २०७१/२०७२ सालतिर दुई दाजुभाइबीच अंशबण्डा हुनपुग्यो र मोतिलालले ‘एमभी दुगड ग्रुप’ स्थापना गरे भने पुरानो टिएम दुगड ग्रुप दाइको छोरा मालचन्द दुगडलाई छाडिदिए ।
    सम्बद्ध स्रोतका अनुसार कोहिनुर पल्प एन्ड पेपर प्रालिका नाममा मोतिलाल, विवेक, विजय र प्रशान्तले भारतका १० बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ७४ करोड भारु ऋण लिएका छन् ।
    जसमा इन्डियिन ओभरसिज बैंकबाट २ अर्ब, युसिओ बैंकबाट ९४ करोड ५० लाख, डिना बैंकबाट ५० करोड, बैंक अफ बरोडाबाट ४५ करोड, अलाहावाद बैंकबाट १ अर्ब, फेडेरल बैंकबाट ३४ करोड ५० लाख, स्टेट बैंक अफ हैदरावादबाट ५० करोड, स्टेट बैंक अफ बिकानेर एन्ड जयपुरबाट ७५ करोड, नर्थ इस्टर्न डेभेलपमेन्ट फाइनान्स कर्पोरेसनबाट २० करोड र कर्पोरेसन बैंकबाट ७५ करोड भारु ऋण लिएका छन् ।
    ती सबै बैंक तथा वित्तीय संस्थाले इन्डियन ओभरसिज बैंकको अगुवाइ (कन्सोर्टियम) मा कोहिनुर पल्प एन्ड पेपरलाई ऋण दिएका हुन् ।
    ‘ठूलो परिमाणबराबरको ऋण चुक्ता नभएपछि सम्बद्ध बैंक तथा वित्तीय संस्थाले बोथ्रा बाउछोरा र दुगड बाउछोरालाई पत्राचार गर्न थाले,’ यो घटनालाई नजिकबाट नियालेको एक विश्वस्त स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘तर, उल्टै बोथ्रा र दुगड बाउछोराले समयमै ऋण उपलब्ध नगराइदिँदा लगानी विस्तार गर्न सकिएन भन्दै बैंक तथा वित्तीय संस्थासँग जुहारी खेलिरहेका छन् ।’
    मोतिलाल र विवेकले साझेदारी गरेको कोहिनुर ग्रुपका निर्देशक प्रशान्त बोथ्रा र झारखण्ड राज्य सरकारबीच झारखण्ड उच्च अदालतमा जारी मुद्दा सन् २०११ फेब्रुअरी १४ मा राज्य सरकारले जितेको थियो ।
    बोथ्रा बाउछोरासँग विभिन्न राज्य सरकार र बैंक तथा वित्तीय संस्थाले दायर गरेका अधिकांश मुद्दा बोथ्रा बाउछोराले हारिसकेका छन्। त्यसपछि बोथ्रा बाउछोरा अहिले सर्वोच्च अदालतमा मुद्दामामिला गरिरहेका छन् ।
    त्यसबाहेक भारतको कर कार्यालयले पनि उनीहरूलाई कर छलीमा मुद्दा दायर गरेको छ । कोहिनुर ग्रुपअन्तर्गतका धेरै कम्पनीले सन् २०१९ देखि ब्यालेन्ससिट (वासलात) उपलब्ध नगराएको कर कार्यालयले जनाएको छ ।

    कोहिनुर स्टिल प्रालि

    कोहिनुर स्टिल प्रालि सन् २००५ फेब्रुअरी १६ मा स्थापना भएको थियो । कोहिनुर कोलाकातामा दर्ता भएको कम्पनी हो । कम्पनी एभरेस्ट हाउस जवाहरलाल नेहरु रोड कोलाकातामा छ । कम्पनीको चुक्ता पुँजी २० करोड २९ लाख ८० हजार भारु छ ।
    कम्पनीमा विवेक दुगड र विजय बोथ्रा दुईजना सञ्चालक छन् । उनीहरू कम्पनी व्यवस्थापनका प्रमुख व्यक्ति पनि हुन् । कम्पनीको पछिल्लो वार्षिक साधारणसभा २०२२ सेप्टेम्बर ३० मा भएको थियो । कम्पनी सेयर बजारमा सूचीकरण भएको छैन ।

    कोहिनुर पल्प एन्ड पेपर प्रालि

    कोहिनुर पल्प एन्ड पेपरले ७ अर्ब ७४ करोड भारु ऋणको रेटिङ ब्रिकवर्कबाट गराएको छ । कम्पनीले ‘बिडब्लुआर डबल बि प्लस’ रेटिङ पाएको छ । कम्पनीले बैंकबाट लिएको ऋणको रेटिङ गराएको हो ।
    पेपर कम्पनी २००८ जुन ३० मा कोलाकातामा स्थापना भएको थियोे । दैनिक ३ सय ५० टन बाँसमा आधारित कागज उत्पादन क्षमता यसको छ। उद्योगसँग १० मेगावाटको क्लोराइन डिअक्साइ क्यापिटिभ पावर प्लान्ट पनि छ ।
    पहिलो चरणमा लागत ४ अर्ब ९१ करोड ७७ लाख भारु रहेको छ । जसमा १ अर्ब ५२ करोड २७ लाख भारु संस्थापकको लगानी र बाँकी ३ अर्ब ३९ करोड ५० लाख भारु विभिन्न बैंकबाट ऋण लिइएको छ ।
    दोस्रो आयोजनालाई ६ अर्ब २९ करोड ५९ लख भारु अनुमान गरिएको थियो । ४ अर्ब ३४ करोड ५० लाख भारु बैंकबाट ऋण स्वीकृत भएको रेटिङ एजेन्सीले उल्लेख गरेको छ । उद्योगमा २०१४ मार्च ३१ सम्म कम्पनीको पहिलो चरणको परियोजनामा २ अर्ब ७१ करोड ८४ लाख र दोस्रो परियोजनामा १ अर्ब १४ करोड ३९ लाख भारु लागत बढेको उल्लेख छ ।
    इन्डियन ओभरसिज बैंकको लिडमा अन्य आठ बैंकले ऋण लगानी गरेका छन् । योबाहेक नर्थ इस्टर्न डेभलपमेन्ट फाइनान्स कर्पोरेसनको लगानी पनि छ ।
    पहिलो र दोस्रो चरणको विस्तारका साथै कागज उत्पादन परियोजनामा कूल १२ अर्ब ९१ करोड ९५ लाख भारु ऋण लगानी भएको छ । सन् २०१३ मा कम्पनीको नेटवर्थ ८८ करोड ७० लाख भारु थियो ।

    दुगडका बाउछोराले आफ्नो सम्धी र ससुरासँग मिलेर भारतमा कोहीनुर गु्रपमार्फत बैंकिङ घोटाला गरेको विषयबारे नेपालका विभिन्न नियमन निकायमा जानकारी भइसकेको छ ।
    तर, यसलाई गुपचुप राख्न दुगड बाउछोराले नियमन निकायका उच्च अधिकारीलाई प्रभावमा पारेको सम्बद्ध स्रोतले क्यापिटल नेपाललाई जानकारी दिएको छ ।
    नेपाल राष्ट्र बैंकमा यो विषयमा जानकारी भए पनि भारतीय बैंकको विषय भएकाले सिधा हेर्न नमिल्ने भन्दै गुपचुप बनाइएको स्रोतको भनाइ छ ।
    भारतमा कोहिनुर ग्रुपसँग गरिएको लगानी, बैंकिङ घोटालालगायत विषयमा एमभी दुगड ग्रुपका उपाध्यक्षसमेत रहेका विवेक दुगडको प्रतिक्रिया लिन उनको मोबाइलमा कल गर्दा कल उठेन । त्यसैगरी एसएमएस टेक्स्ट पठाउँदा पनि उनले जवाफ फर्काएनन् ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer