आजको राशिफल २०८० साल जेठ २८ गते आइतवार । आषाढ कृष्णपक्ष अष्टमी तिथि, १५ः३८ बजेपछि नवमी । पूर्वभाद्रपदा नक्षत्र, १८ः१५ बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि-कुम्भ, १२ः३६ बजेपछि मीन ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइनेछ । आम्दानी बढ्नेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा थप लगानी आवश्यक पर्नेछ । भैपरी आउने समस्यामा समय बित्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । उठेकाे रकम खर्च हुनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
याेजनाअनुसार सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । व्यापार बढ्नेछ र पेसा-व्यवसायमा पनि मनग्य लाभ हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । समस्या सुल्झाउँदै अघि बढ्नुपर्ने समय छ । साथीभाइ टाढिनेछन् । काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । दिउँसाेदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला । बाध्यात्मक परिस्थितिले काम राेकिनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । खानपान एवं मनोरञ्जनमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार-व्यवसायमा मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् । स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ । मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । श्रम परे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्रोत-साधन जुट्नेछन् भने कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । तर जिम्मेवारी बढे पनि दिउँसाेदेखि काम बिग्रने भयले सताउन सक्छ । सहयाेगी र आफन्तहरू अलि टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ । वादविवादमा अघि नसर्नुहोला । दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुने समय छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसाेदेखि हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला । शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । धेरै बोल्दा समस्या आउन सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दिउँसाेदेखि साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ ।





