आजको राशिफल २०८० जेठ साल ३० गते मंगलवार । आषाढ कृष्णपक्ष दशमी तिथि, ११ः४८ बजेपछि एकादशी । रेवती नक्षत्र, १६ः०४ बजेपछि अश्विनी । चन्द्रराशि- मीन, १६ः०४ बजेपछि मेष ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिले रोकिएको कामले उत्साह जगाउनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट लाभ हुनेछ । तर उठ्नुपर्ने रकम अरूले हत्याउन सक्छन् । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् । नयाँ काम गर्न केही समय लाग्नेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत प्राप्त हुनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजाेर रहने समय छ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । काममा जुट्नुपरे पनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । साँझतिर स्वास्थ्य कमजाेर हुनाले सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । स्वास्थ्य सबल बन्नेछ भने चुनौती चिर्दै काम बनाउन सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा-व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । अवसरले उत्साह जगाउने देखिन्छ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ । साँझतिर स्थितिमा सुधार आउने । शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । साँझतिर हातबाट रकम बाहिरिन सक्छ । वादविवादमा परिने सम्भावना देखिएकाले संयम रहनुहाेला । शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला ।





