• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख २८, २०८३
☰
सोमबार, बैशाख २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८० साल असार २ गते शनिवार: यस्तो छ तपाईको भाग्यफल !


  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित
  • आजको राशिफल २०८० साल असार २ गते, शनिवार । आषाढ कृष्णपक्ष चतुर्दशी तिथि, ८ः४४ बजेपछि औंसी । राेहिणी नक्षत्र, १६ः२७ बजेपछि मृगशिरा । चन्द्रराशि-वृष ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । पछिका लागि लगानी गर्न सकिनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यापार बढ्नेछ । कृषि, पशुपालन तथा पेसा-व्यवसायमा लाभ हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार-विहारमा सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ । समयको सदुपयोग गर्न नसकिएला ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ । हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । आफन्तमा मतभेद देखिए पनि परिवारजनको सहयोगले काम बन्नेछ ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    हिम्मत गर्दा काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

    शनिबार, असार ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer