काठमाडौँ । काठमाडौँ महानगरले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।
Advertisement
महानगरले सूचना जारी गर्दै यस्तो निर्देशन दिएकाे हाे ।
प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था छ। साेहीअनुसार काम नभएपछि महानगरले सहकारीहरूमाथि कडाइ गरेकाे हाे ।
‘केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएकाे छ ।
सूचना जारी भएकाे ३० दिनभित्र काठमाडौँ महानगरपालिकाकाे सहकारी विभागमा विवरणहरू नबुझाए कानुनबमाेजिम कारबाही गरिने महानगरले जनाएकाे छ ।




