• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८० साल असार १९ गते मंगलवार: यस्तो छ तपाईको भाग्यफल !


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • आजको राशिफल २०८० साल असार १९ गते मंगलवार । शुद्ध श्रावण कृष्णपक्ष प्रतिपदा तिथि, १५ः१५ बजेपछि द्वितीया । पूर्वाषाढा नक्षत्र, १०ः१८ बजेपछि उत्तराषाढा । चन्द्रराशि-धनु १५ः५७ बजेपछि मकर ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ । साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ । पेसा-व्यवसायमा पनि मनग्य फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थ्य कमजाेर रहनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन् । साँझतिर स्थितिमा सुधार आउनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । स्वास्थ्यका लागि सजग रहनुहोला ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    केही विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ । तापनि हिम्मत गर्दा काम बनाउन सकिनेछ । भौतिक साधन जुट्नाले उत्साहित भइनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । साँझतिर व्यापार बढ्नुका साथै पेसा-व्यवसायमा लाभ हुनेछ । रमाइलाे यात्रा पनि हुनेछ ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । साँझतिर विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ । सानाे कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    हल्लाको पछि लाग्दा दु:ख पाइनेछ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ । विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ । पेसा-व्यवसायमा फाइदा हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    शुभचिन्तककाे साथ-सहयाेगले काम गर्न सकिनेछ । श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ । तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूका काममा धेरै समय अलमलिनुपर्ला । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला । केही घरायसी समस्याले आफन्त टाढिन सक्छन् ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई नियमित फाइदा भइरहनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा-व्यवसायमा पनि फाइदै हुनेछ । साँझतिर परिस्थितिवश काम राेकिन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । खानपानको सोखले स्वास्थ्य बिग्रन सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । मिहिनेतले केही काम गर्न सकिनेछ । स्राेत-साधन जुटाउने समय छ ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । कामले खर्च बढाउने हुँदा रकम जोहो गर्नुपर्ने छ । आफन्त र परिवारबाट टाढिनुपरे पनि दिगो काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । तर, अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । साँझतिर सहयोगीहरूले साथ दिनेछन् । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू पनि भेटिनेछन् ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । पेसा-व्यवसायमा कम मात्र फाइदा हुनेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer