आजको राशिफल २०८० साल असार २१ गते बिहीवार । शुद्ध श्रावण कृष्णपक्ष तृतीया तिथि, १०ः२८ बजेपछि चतुर्थी । श्रवण नक्षत्र, ७ः१० बजेपछि धनिष्ठा । चन्द्रराशि-मकर, १८ः२० बजेपछि कुम्भ ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका कमजोरी बाहिर आउनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । तापनि पहिलेकाे स्थितिमा सुधार आउनाले आशा जाग्नेछ । नयाँ कामकाे अवसर प्राप्त हुनेछ । मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउन सक्छ । साँझतिर पुरानाे समस्या समाधान हुनाले विशेष फाइदा हुनेछ । पेसा-व्यवसायमा पनि मनग्य आम्दानी बढ्नेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । साँझतिर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन् । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ । उपलब्धिविहीन काम गर्नुपरे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । साँझतिर उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुटाउनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायमा सामान्य आम्दानी भइरहनेछ । तर विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला । कामले वादविवाद समेत निम्त्याउन सक्छ । साँझतिर स्वास्थ्य कमजाेर रहनेछ र कामकाे चाप बढ्नेछ । सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला । द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ । यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला । साेखले खर्च बढाउन सक्छ । काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेतले लाभ दिलाउनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । साँझदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहाेला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ । विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला । दाजुभाइमा असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धा बढ्नेछ तापनि साँझतिर व्यवसायमा लाभ हुनेछ । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला । बिना योजना काम थाल्दा दु:ख पाइनेछ । तापनि, शुभचिन्तककाे साथ-सहयाेगले काम गर्न सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले लाभ हुनेछ । कामको लगावले मनग्य धन आर्जन हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर पनि प्राप्त हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तसँग सम्पर्क हुनेछ । साँझतिर परिस्थितिवश काम राेकिन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन् । विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ । साँझतिर आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ । मिहिनेत गर्दा चुनौती पन्छाएर काम बनाउन सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । केही राम्रै अवसर प्राप्त हुनेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सानाेतिनाे यात्राकाे सम्भावना छ ।





