• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
☰
मङ्गलबार, भदौ २३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

ग्यास्ट्रिक निको पार्ने घरेलु उपाय, थाहापाई राखौं


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, नपच्ने पेटको माथिल्लो भाग दुख्ने, पेट फुल्ने, ढ्याउ आउने, छाती तथा पेट पोल्ने समस्या हुन्छ । यसैगरी अमिलो डकार आउने, कब्जियत हुनेदेखि बढ्दै गएमा अल्सरसम्म हुनसक्छ ।

    Advertisement

    पिरो, चिल्लो, अम्लीयपन भएका, मसालेदार, नुनिलो खानेकुरा धेरै खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ । खाना खाने तालिका नमिल्दा पनि ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिक निको बनाउन आयुर्वेदले केही घरेलु उपचार सुझाएको छ ।

    घरेलु उपचार

    पुदिना : पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । यसले पाचनशक्ति बढाउने काम गर्छ । बिहान बेलुका पुदिनाको जुस वा अचार बनाएर खाँदा ग्यास्ट्रिकको समस्या कम हुन्छ ।

    कागती : तातो पानी वा चिसो पानीमा बिहान बेलुका कागती राखेर पिउँदा ग्यास्ट्रिकको समस्या समाधानमा फाइदा पुग्छ ।

    पुदिना : पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । त्यस्तै यसलाई बिहान बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।

    अमला पाउडर : दैनिक अमला पाउडर तातो वा चिसो पानीमा मिसाएर दिनको दुई पटक सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सके अझ ग्यास्ट्रिकको समस्याबाट मुक्त गर्न मद्दत गर्छ ।

    दालचिनी : मसलाको रुपमा घरमा प्रयोग गर्ने दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।

    दही र मोही : दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।

    त्रिफला : त्रिफलाले पाचन शक्ति बढाउन, कब्जियत हटाउन मद्दत गर्छ । जसले ग्यास्ट्रिक कम हुन्छ । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । यो गर्भवती अवस्थामा सेवन गर्नु हुँदैन ।

    जेठी मधु : तातोपानीमा जेठी मधु घोलेर बिहान बेलुका सेवन गर्ने, खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नुपर्छ ।

    बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

    जटिलता

    अल्सर बिग्रिंदै गएर रगत नै बान्ता समेत हुन सक्छ । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले शरीरमा रगत, क्याल्सियमको कमी हुन सक्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।(डा. पुनेश्वर केशरी, आयुर्वेदिक चिकित्सक)

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer