काठमाडौं । लायन्स अन्तर्राष्ट्रियका डाईरेक्टर (आईडी इन्ड्रोसी) लायन बालकृष्ण बुर्लाकोटी अमेरिकामा सम्मानित हुनु भएको छ । बोस्टनमा आयोजित लायन्स अन्तर्राष्ट्रियको १०५औं कन्भेन्सनको अवसरमा कमनवेल्थ अफ म्यासाचुसेट्स राज्यबाट बुर्लाकोटी सम्मानित हुनु भएको हो ।
अमेरिकास्थित कमनवेल्थ अफ म्यासाचुसेट्स राज्यका सभामुख रोनाल्ड मारियानोद्वारा लायनवादको बिस्तारमा पुर्र्याउनु भएको योगदानको कदर गर्दै आउँदा दिनमा सबै प्रयासहरूमा निरन्तर सफलताको कामना गर्दै बुर्लाकोटीलाई सम्मान गरेका हुन् ।
बुर्लाकोटीलाई गरिएको सम्मानप्रति गर्व महशुष गर्दै नेपाली लायन्सहरूले सामाजिक संजाल भरि बधाई दिदै बिदेशी भूमिबाट समेत यस प्रकारको सम्मान गरेको देख्न पाउँदा हामी सबै नेपाली लायन्स गौरवान्वित भएका छौं । आगामी यात्रा अझै अन्तर्राष्ट्रिय अध्यक्षसम्मको तय होस कामना गर्दछौ भनिएको छ ।असाध्यै सरल र मिजासिलो स्वभावका धनी लायन बुर्लाकोटीलाई, नेपाली लायन्सहरु, “नेपाली लायनवादका भगवान” मान्दछन् ।








