आजको राशिफल २०८० असार ३१ गते, आइतवार । शुद्ध श्रावण कृष्णपक्ष चतुर्दशी तिथि । आर्द्रा नक्षत्र । चन्द्राशि -मिथुन ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन् ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको गलत अर्थ लाग्नाले मान-सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका आफन्तहरू नजिकिन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुने छैन । पछि फाइदा हुने काममा जग बसाउने समय छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिस्थिति त्यति अनुकूल नरहला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त देखिए पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । तर नयाँ काम गर्न समय पर्खनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । तर नयाँ काम परिस्थिति विचार गरेर मात्र गर्नुहाेला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धाको दौडमा समेत सजिलै जित हासिल हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिस्थितिवश मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । स्वार्थका लागि धाउनेहरूबाट सजग रहनुहाेला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । केही घरायसी काम गर्न सकिनेछ । नयाँ योजना प्रारम्भ गर्न भने उपयुक्त साइत पर्खनुहोला ।





