काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रियको बोस्टनमा आयोजित १०५ औं कन्भेन्सनको डाईरेक्टर पदमा निर्बाचित (आईडी इन्ड्रोसी) लायन बालकृष्ण बुर्लाकोटी र उहांकी स्पाउस ज्ञानु बुर्लाकोटीलाई नेपालमा भव्य स्वागत गरिएको छ । पन्चैबाजा सहित नेपालका सम्पुर्ण डिस्ट्रिक्टबाट ठुलो संख्यामा उपस्थित लायन लिडरहरु, स्वागत गर्न बिहानै अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए। बोस्टनमा आयोजित लायन्स क्लबको १०५औं इन्टरनेशनल कन्भेन्सनमा बुर्लाकोटी इन्टरनेशनल डाईरेक्टरमा निर्वाचित हुनु भएको थियो ।
सोही अवसरमा अमेरिकास्थित कमनवेल्थ अफ म्यासाचुसेट्स राज्यका सभामुख रोनाल्ड मारियानोद्वारा लायनवादको बिस्तारमा पुर्र्याउनु भएको योगदानको कदर गर्दै आउँदा दिनमा सबै प्रयासहरूमा निरन्तर सफलताको कामना गर्दै बुर्लाकोटीलाई सम्मान गर्नुभएको थियो । बुर्लाकोटीलाई गरिएको सम्मानप्रति गर्व महशुष गर्दै नेपाली लायन्सहरूले सामाजिक संजाल भरि बधाई दिदै बिदेशी भूमिबाट समेत यस प्रकारको सम्मान गरेको देख्न पाउँदा हामी सबै नेपाली लायन्स गौरवान्वित भएका छौं, उहाँको आगामी यात्रा अझै अन्तर्राष्ट्रिय अध्यक्षसम्म तय होस, भनि कामना गरिएको पोष्टहरुले सामाजिक संजालमा भनिएको थियो । असाध्यै सरल र मिजासिलो स्वभावका धनी लायन बुर्लाकोटीलाई, नेपाली लायन्सहरु, “नेपाली लायनवादका धरोहर” मान्दछन् ।
नेपाली लायनवादका अभिभावक लायन बालकृष्ण बुर्लाकोटि लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय निर्देशक पदमा अमेरिकाको बोष्टनमा सम्पन्न १०५ औ अन्तर्राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुनु भै आज स्वदेश आगमन को क्रममा त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलमा स्वागत गर्न डिस्ट्रीक्ट गभर्नर लायन भिम लाल पौड्याल ज्यु, आई पि डि जि लायन महेन्द्र पौडेल ज्यु , पि एम सि सि लायन गिरधारी शर्मा ज्यु , क्याबिनेट सेक्रेटरी लायन बलराम सुबेदी ज्यु , चिफ एड्भाईजर लायन रत्न पराजुली , चिफ अफ एओजि लायन हरि चन्द्र तिवारी तथा अन्य लायन लिडरज्युहरुको उपस्थितिमा भब्य स्वागत गरिएको थियो ।






