• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतको मणिपुरमा महिला यौन हिंसाको डरलाग्दो घटना


  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । भारतको मणिपुरमा महिला यौन हिंसाको डरलाग्दो घटना सार्वजनिक भएसँगै यसको सर्वत्र निन्दा भएको छ । विगत साढे दुई महिनादेखि मणिपुरमा मेइती र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वको बीचमा बुधबार मणिपुरमा दुई महिलामाथि यौन दुव्र्यवहार भएको डरलाग्दो भिडियो सार्वजनिक भएको हो । महिलामाथि भएको चरम यौन उत्पीडन भएको एक भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    Advertisement

    घटना मे ४ मा घटेको र जुलाई १९ मा बाहिरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भिडियोमा कुकी जातिका दुई महिलालाई मेइती समुदायका पुरुषको समूहले सडकमा नग्न हिँडाएको देखिन्छ । महिला हिंसाको यो दर्दनाक घटनामा ती पुरुषहरूले महिलालाई नग्न रूपमा करिब डेढ किलोमिटर हिँडाएर दुव्र्यवहार गरेको बताइएको छ । उनीहरूले ती महिलालाई कुटपिट गरी अन्तिममा सडक छेउको खेतमा लगेर ‘सामूहिक बलात्कार’ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यस भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ मा मणिपुरको थौबल जिल्लामा यौन दुव्र्यवहारको सिकार भएको बताएको छ । मणिपुर प्रहरीले भनेको छ, ‘यो घटना मे ४ को हो । यसमा अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा अज्ञात व्यक्तिविरुद्ध दर्ता गरिएको छ । यस विषयमा अनुसन्धान सुरु भएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको छ ।’

    मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताउनुभएको छ । यस घटनामा एक जनालाई पक्राउ गरिएको पनि मुख्यमन्त्रीले जनाउनुभएको छ ।

    यौन हिंसाको डरलाग्दो घटनामा सर्वाेच्च अदालत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया जनाउनुभएको छ भने सर्वत्र यसको निन्दा भएको छ । बिहीबार प्रधानमन्त्री मोदीले मणिपुरको घटनाको उल्लेख गर्दै आफ्नो मन पीडाले भरिएको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले देशको अपमान भइरहेको र दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको छ । प्रधामन्त्री मोदीले भन्नुभएको छ, ‘कानुनले आफ्नो बाटो लिन्छ । मणिपुरकी छोरीमाथि जे भयो माफी गर्न सकिँदैन ।’ मोदीले भन्नुभएको छ, ‘मणिपुर घटनाका कारण पूरै देश लज्जित छ’, । उहाँले सबै राज्य सरकारलाई कानुनी शासन सुनिश्चित गर्न आग्रह पनि गर्नुभएको छ ।

    सर्वोच्च अदालतले पनि स्वतः संज्ञान लिएको छ र सम्पूर्ण मुद्दाको सुनुवाइ यही जुलाई २८ मा तोकेको छ । भिडियो सार्वजनिक भएसँगै यस विषयमा केन्द्रदेखि विपक्षी दलका प्रमुख नेतासम्मको कडा प्रतिक्रिया देखिएको छ । कांग्रेसलगायत अन्य विपक्षी दलहरूले यस विषयमा सत्तारुढ दल भाजपालाई घेरा हाल्ने प्रयास गरेका छन् ।

    भिडियोमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ । भिडियोमा दुईजना महिला मात्रै देखिन्छन् । तर, भीडले ५० वर्षीया महिलालाई पनि कपडा खोल्न बाध्य पारेको यी महिलाले आफ्नो उजुरीमा बताएका छन् ।

    मणिपुरमा गत मेदेखि कुकी र मेइतेई समुदायबीच द्वन्द्व चर्किएको छ । मेइती समुदाय मणिपुरको बहुसंख्यक जनसंख्या हो । उनीहरूले लामो समयदेखि सेड्युल्ड ट्राइब (एसटी)को दर्ता माग गर्दै आएका छन् । यसले उनीहरूलाई सरकारी जागिर र शैक्षिक संस्थाहरूमा आरक्षण सिट जस्ता केही फाइदा दिनेछ । तर, मणिपुरको आदिवासी समूह कुकी समुदायले मेइती समुदायले मागेको एसटी दर्जाको विरोध गरेको छ ।

    मेइती समुदायले सो दर्जा पाएमा कुकी र मणिपुरका अन्य आदिवासी समूहलाई फाइदा नगर्ने उनीहरूको भनाइ छ । करिब तीन महिनादेखि जारी द्वन्द्वमा करिब डेढ सयको ज्यान गएको र हजारौं मानिस विस्थापित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी ।

    शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer