आजको राशिफल २०८० साउन ९ गते मंगलवार । अधिक श्रावण शुक्लपक्ष सप्तमी तिथि, १०ः०७ बजेपछि अष्टमी । चित्रा नक्षत्र, २०ः१४ बजेपछि स्वाती । चन्द्रराशि- कन्या ७ः३८ बजेपछि तुला ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइसँग रमाइलाे भेट हुनेछ । प्रेम र मित्रताकाे बन्धन कसिनेछ । नयाँ कामकाे याेजना बन्न सक्छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ । यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ । दिन रमाइलाे रहनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धामा उत्रनुपर्ने समय छ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । प्रतिस्पर्धी बढ्नाले काममा चुनौती थपिनेछ । बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । राेकिएकाे कामले गति लिनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ । विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ । बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । आफन्तकाे भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयाेगी चयन गर्न राम्ररी साेचविचार गर्नुहाेला । नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । बोलीको समेत गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यमा पेटकाे समस्याले सताउन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । दिगो काम थाल्न समयले साथ दिनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अपिरिचित व्यक्तिले समेत साथ दिनेछन् ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरका लागि आफन्त र परिवारबाट टाढिनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ । चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत परे पनि कामकाे जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना पनि राेकिन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।





