आजको राशिफल २०८० साउन १२ गते, शुक्रवार । अधिक श्रावण शुक्लपक्ष दशमी तिथि, ९ः३४ बजेपछि एकादशी । अनुराधा नक्षत्र, २१ः११ बजेपछि ज्येष्ठा । चन्द्रराशि वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ । बाध्यताले काममा जुट्नैपर्ने अवस्था आउन सक्छ । आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ । समस्या दर्साउँदा सहयाेगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै हुनाले उपभाेग्य सामग्री खरिद गर्न सकिनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ । यात्राकाे साइत जुर्न सक्छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनेछ । नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । परिवारमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएकाे काम बन्नाले उत्साह जाग्नेछ । नयाँँ काम सुरु हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान-सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ । चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ । किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिन सक्छ । कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत देखिए पनि साेचेकाे आम्दानी नहुन सक्छ । किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिने सम्भावना छ । दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ । तर थालेकाे काममा लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।





