आज २०८० साल साउन १९ गते शुक्रवार । अधिक श्रावण कृष्णपक्ष तृतीया तिथि, १७ः१५ बजेपछि चतुर्थी । शतभिषा नक्षत्र, १२ः०१ बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ । लगनशीलताले नाम र दाम दिलाउन सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन् । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ । फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आँटेको काम सम्पादन हुनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम प्रारम्भ होला । दिन उत्साहपूर्ण रहला । अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । पशुपालन तथा कृषि क्षेत्रमा कम लाभ मिल्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । चिताएको काम समयमा सम्पादन नहोला । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आमाको माध्यमबाट काम बनाउन सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मतले काम लिँदा फाइदा हुनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पुरानो समस्याले बल्झिन सक्छ । फजुल खर्च बढ्नेछ । काममा चुनौती देखिएलान् । कृषिमा कामको चाप बढ्न सक्छ । तापनि, आंशिक लाभ भने मिल्नेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिएला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।





