• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

मुख किन गन्हाउँछ ? मुख गन्हाउदा के गर्ने ?


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ ।
    प्रायः धेरैलाई सास गन्हाउने समस्याले सताएको छ । मुख गन्हाउने धेरै कारण छन् । प्याज, लसुनजस्ता खानेकुराको सेवनपछि, पेटको समस्यामा, मधुमेह, एसिडिटी आदि समस्याका कारण सास गन्हाउँछ । त्यसबाहेक मुख्य कारण चाहिँ दाँतको ठीकसँग सरसफाइ नहुनु, दाँत कीराले खाएको छ भने, बुद्धिबंगारामा समस्या हुँदा, पेरोडोन्टल पकेट, जिन्जिभाइटिस, पेरिडोन्टाइटिज हुँदा पनि मुख गन्हाउँछ । मुख वा सास गन्हाउनु भनेको रोगको लक्षण हो भन्ने बुझ्नुपर्छ ।

    Advertisement

    गिजाको समस्यामा धेरै

    गिजामा समस्या हुँदा पनि मुख गन्हाउँछ । गिजामा केही समस्या भएमा गिजा सुन्निएको हुन्छ, जुन हामीलाई सहजै थाहा हुँदैन । गिजा सुन्निँदा धेरै ठूलो देखिने, अप्ठ्यारो हुने, दुख्ने केही महसुस हुँदैन । गिजा सुन्निएको ठाउँमा खानेकुरा अड्किन्छ । त्यो ठाउँलाई ‘पेरोडोन्टल पकेट’ भनिन्छ । यस्तो पकेट बनिएको ठाउँमा खानेकुरा गएर बस्छ र गिजा सुनिन्छ । त्यहाँ स-साना माइक्रोअग्र्यानिज्मले गिजालाई अट्याक गर्छन् । त्यसकारण हामीले खाना खाँदा वा ब्रस गर्दा रगत आउँछ । गिजा धेरै रक्तसञ्चार हुने ठाउँ हो । त्यसले गर्दा गिजा सुन्निनेबित्तिकै रगत आइहाल्छ ।

    सफा गर्नै जान्दैनौं

    मुख गन्हाउनुको अर्को कारण भनेको हामीले नियमित रूपमा मुखको सरसफाइ नगर्नाले हो । मुख वा सास गन्हाउँछ भने ब्रस गरेको मिलेको छैन कि भन्ने बुझ्नुपर्छ । दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ । ६-६ महिनामा दन्त चिकित्सककहाँ गएर सफा गर्नुपर्छ । धेरैमा दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, इनामेल जान्छ भन्ने भ्रम छ । दाँत समयमै सफा नगर्दा त्यहाँ फोहोर जमेर गिजा तल सर्दै जान्छ । दाँत हल्लिन थाल्छ । धेरैलाई कुल्ला गर्नै आउँदैन । कुल्ला गर्दा दुईवटा दाँतको बीचको भागमा अड्किएको खानेकुरा निस्कनुपर्छ । दाँत प्रत्यारोपण निकै खर्चिलो उपचार हो । दाँत कमजोर भएर नयाँ दाँत लगाउनुभन्दा त्यसमा रोगै लाग्ननदिनु राम्रो हो । त्यसका लागि सही तरिकाले नियमित सफा गर्नुपर्छ ।

    माउथ फ्रेसनर्स कति उपयोगी

    मुख गन्हाउने समस्यामा माउथ फ्रेसनर्स निकै उपयोगी हुन्छ । तर मुख र दाँतको नियमित सरसफाइ नगरी यसको मात्रै प्रयोग उपयुक्त हुँदैन । जस्तो हाम्रै दाँतमा फोहोर जमेको छ तर माउथ फ्रेसनसको प्रयोग गर्दा फोहोर त निस्कदैन । यसले त्यो फोहोरबाट निस्कने गन्धमात्र केही समयका लागि हटाउने मात्र हो । त्यसकारण पहिले दाँतको फोहोर निकाल्नुपर्छ ।
    (डा. शर्मासँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer