आज २०८० साल साउन २४ गते बुधवार । अधिक श्रावण कृष्णपक्ष अष्टमी तिथि, ८ः२८ बजेपछि नवमी । भरणी नक्षत्र, ६ः५५ बजेपछि कृत्तिका । चन्द्रराशि मेष, १२ः५४ बजेपछि वृष ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम थालनी गर्न बिहानीकाे समय उपयुक्त रहनेछ । आफन्त र साथीभाइ काे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ । अवसरवादीहरूले दुःख दिन सक्छन् ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय आएको छ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन् ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । प्रयत्न गर्दा काम भने बन्नेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ । तर, केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ । ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन् ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । धेरै आफन्तसँग सम्पर्क बढ्नेछ । तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ । प्रेमको बन्धन कमजाेर बन्नेछ । व्यापारमा भने आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ । वादविवादबाट सजग रहनुहोला । मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । दिगाे काममा जग बसाउने मौका छ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । दिउँसाेदेखि भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । नियमित कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्तहरू टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ । बाेलीका भरमा चिताएकाे काम बन्न सक्छ । साथीभाइ तथा सहयाेगीहरूकाे साथ पाइनेछ । रोकिएका काम बन्नेछन् । अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ । दिउँसाेदेखि भने प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला ।





