आज २०८० साल साउन २६ गते शुक्रवार । अधिक श्रावण कृष्णपक्ष दशमी तिथि, ७ः४४ बजेपछि एकादशी । राेहिणी नक्षत्र, ७ः३५ बजेपछि मृगशिरा । चन्द्रराशि वृष, २०ः०४ बजेपछि मिथुन ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य कामले चर्चामा ल्याउनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने मौका छ । सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । विशिष्ट व्यक्तिका साथ काम गर्ने अवसर मिल्नेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । तर आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ, सजग रहनुहोला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले कमजोर भइनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले थप उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । फुर्सद मिल्नुका साथै रमाइलाे यात्रा गर्ने अवसर जुट्न सक्छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो पेसा शुभारम्भ गर्ने समय छ । मिहिनेतले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । काम दाेहाेर्याउनुपर्ला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । आमाको माध्यमबाट लाभ उठाउन सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । राेग र शत्रुमाथि समेत विजय प्राप्त हुनेछ ।





