• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बहुउपयोगी तामा: बनाउने विधि र फाइदा जानिराखौ


  •   शनिबार, साउन २७, २०८० मा प्रकाशित
  • बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्‍याउँछ । जाडोमा तामाको सुप खानु झनै फाइदाजनक छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

    Advertisement

    यहाँ प्रचलित तामा नेपालको रैथाने परिकार हो । यद्यपि, यसको परिकार खाने प्रचलन छिमेकी चीन, थाइल्यान्ड र जापानसँगै एसियाका अन्य देशमा पनि छ । जापानीहरूले बाँसलाई ‘किङ अफ ग्रास’ भनेर आफ्नो पाक शिक्षामा राखेका छन् ।

    बनाउने विधि

    बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदे जसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिलो मुन्टा भाँचेर ल्याउने र स–सना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्नेगरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ । परम्परागत रूपमा भने तामालाई प्लास्टिकको झोलामा जमिनमुनि महिनौँसम्म गाडेर राख्ने चलन छ । तर, व्यावसायिक रूपमा उत्पादन गर्नेहरूले भने एयर टाइट बोटलमा भिनेगर हालेर सुरक्षित राखिन्छ । अनि, ट्याग लगाएर बिक्री गरिन्छ ।

    उपयोगिता
    • बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।
    • बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ ।
    • पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
    • पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।
    • गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।
    • ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।
    • नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।
    • तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटु स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।
    • आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।
    • रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।
    • फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।
    • श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।
    • बाँसको तामा मात्र होइन, पात पनि विभिन्न हर्बल बनाउन प्रयोग गरिन्छ ।

    के-के बन्छन् परिकार ?
    नेपालमा आलु-बोडी-तामाको तरकारी बढी प्रचलित छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

    शनिबार, साउन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer