• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

सोमबारे नागपञ्चमीको महत्त्व र कालसर्प दोषको भ्रम


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • मानव जीवनलाई उत्साहित र उल्लासमय बनाइराख्न सनातन परम्परामा विभिन्न चाडपर्वको व्यवस्था गरिएको छ । श्रावण शुक्ल पञ्चमीदेखि हाम्रो संस्कृति र परम्परा अनुसारका चाडपर्वको सुरुवात भएको मानिन्छ । हिन्दू पञ्चाङ्गमा नागपञ्चमीलाई पर्वका रूपमा उल्लेख छ । परम्परा र संस्कृतिलाई प्रकृतिसँग जोडेर पर्वका रूपमा मनाउने उत्कृष्ट प्रचलनले सनातन पद्धतिलाई मानव जीवनोपयोगी बनाइरहेको छ । नागपञ्चमीका दिन घर–घरमा नागको पूजा गर्ने र नागको तस्बिर टाँस्ने गरिन्छ ।

    Advertisement

    नागपञ्चमी र भगवान् शिवको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यही कारण नाग पूजन साउनमा गरिन्छ । यस दिन नागको पूजा गरियो भने भगवान शिवजी प्रशन्न हुन्छन् भन्ने मान्यता छ । शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गर्दा समस्त जीवनमा नागको दोष शमन हुने समेत वैदिक मान्यता छ । यस वर्ष नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो ।

    नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो ।
    नाग देवतालाई हामीले वर्षाका देवता मान्ने गरिन्छ । नागले पानी पार्छन् भन्ने हाम्रो मान्यता अनुसार उनको पूजा–अर्चनालाई प्रकृतिको पूजाका रूपमा पनि लिन सकिन्छ । नेपाली चाडपर्वहरूको परम्पराको रमाइलो पक्ष प्रकृतिका समस्त पक्षको आराधना र सम्मान पनि हो । नागलाई विषालु सर्पका रूपमा पनि लिइन्छ । यसको अर्थ सर्प मानव जीवनका लागि विषालु नभई प्रकृतिमा भएको विषालु पदार्थ आफूले ग्रहण गरी मानव लगायत जीवको रक्षा गर्नु पनि हो । प्रकृतिको सन्तुलनका लागि नागको महत्त्वपूर्ण भूमिका हुने हुनाले नाग पञ्चमीको दिनलाई विशेष पर्वका रूपमा मनाउनु सबैका लागि हितकर हुन्छ ।

    नागपञ्चमीका दिन नागको उत्तम विधिका साथ पूजा गरी घरको मुख्यद्वारमा स्थापित गर्दा अष्ट नाग या पञ्चमुखी नागको चित्रलाई बढी महत्त्व दिने गरिएको पाइन्छ । चामल, बेसार, चन्दन, अक्षता, दूध, जल तथा फूलले पूजा गरी गाईको गोबरमा दुबो लगाएर ढोकामा स्थापित गर्नुपर्छ । जन्म कुण्डलीमा नागको दोष देखिएमा यसै दिन पूजा तथा मन्त्र जप गर्दा लाभ हुने मान्यता छ । नाग देवताको यस मन्त्र ‘ॐ नमोस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ये अन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः’ लाई जप गर्दा समस्त समस्या समाधान हुने सनातनीय मान्यता छ ।

    नाग देवताले हाम्रो जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव दिने गर्छन् । ज्योतिषीय मान्यता अनुसार राहु र केतुलाई नागको मुख र पुच्छरका रूपमा लिइने गरिन्छ । राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।

    राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।
    ज्योतिषशास्त्रका नाममा जातकलाई तर्र्साएर आफूले आयआर्जन गर्ने प्रवृत्तिको विकास भइरहेको छ । विभिन्न स्थानमा कालसर्प दोष निवारण भन्दै यस्ता पूजा भइरहेका छन् । यसले सनातन धर्ममाथि नकारात्मक असर परिरहेको छ । सर्वसाधारणले कालसर्प दोषका नाममा अनावश्यक खर्च गरेर पूजा गराउनुको साटो आफैँले नागको पूजा र नाग गायत्री ‘ॐ नवकुलाय विदमहे विषदन्ताय धीमहि तन्नो सर्प प्रचोदयात’ को नियमित जप गर्दा राम्रो हुन्छ ।

    कालसर्प दोष नहुने र यो केवल ठगी भएको नेपाल पञ्चांग निर्णायक विकास समिति, नेपाल ज्योतिष परिषद, दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघ समेतले बताइसकेका छन् । तसर्थ कालसर्प दोषको भ्रममा पार्ने प्रवृत्तिको विरोध गर्न जरुरी छ ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer