आज २०८० साल भदाै ६ गते बुधवार । शुद्ध श्रावण शुक्लपक्ष सप्तमी तिथि । विशाखा नक्षत्र । चन्द्रराशि तुला ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ-सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनमा समय दिन नसकिए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ । तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । महत्त्वाकांक्षी योजना बिग्रन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिन निकै लाभदायक रहनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । तापनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पदीय जिम्मेवारी प्राप्त हुन सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम गर्नुहाेला । योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ ।





