आज २०८० साल भदाै १३ गते, बुधवार । शुद्ध श्रावण शुक्लपक्ष चतुर्दशी तिथि, १०ः१७ बजेपछि पूर्णिमा । धनिष्ठा नक्षत्र । चन्द्रराशि मकर, १०ः४१ बजेपछि कुम्भ ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । किनमेलमा केही रकम खर्च हुनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ । सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । दिउँसाेदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । काम पूरा नभए पनि दिगो योजना बन्नेछ । दिगाे उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ । तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ । वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला । कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ । वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि मिहिनेतको राम्राे फल प्राप्त हुनेछ । आयस्राेत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही रकम सञ्चय गर्न पनि सकिनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला । प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ । सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् । तापनि लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ । मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले सफलता मिल्नेछ । बन्धु-बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । विवादास्पद कामको जिम्मेवारी वहन गर्न सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन् । हठले अप्ठ्यारो पार्न सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । कर्जामार्फत खर्च जुटाउन सकिनेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ । यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ । प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ ।





