आज २०८० साल भदाै १५ गते, शुक्रवार । भाद्र कृष्णपक्ष द्वितीया तिथि । पूर्वभाद्रपदा नक्षत्र, १८ः३६ बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि कुम्भ, १२ः५९ बजेपछि मीन ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । तर आकस्मिक समस्याले खर्च बढाउने समय छ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्चिलो काम थालनी हुनेछ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरुषार्थी काम प्रारम्भ हुन सक्छ । भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ । मध्याह्नदेखि अरूको दबाबमा परिने सम्भावना छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । वादविवादमा अघि नसर्नुहाेला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । दिगो योजना बन्नेछ र पेसा-व्यवसायमा मनग्य फाइदा हुनेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ । किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ । यात्राले थकित भइएला । दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ । केही खर्च भए पनि काम बन्नेछ । शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन् । व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ । दिउँसाेतिर प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला । आफन्तहरूको साथ जुट्नेछ । वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहानको समय उपलब्धिमूलक रहनेछ । व्यवसायले आम्दानी बढाउनेछ । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । दिउँसाेदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काम राेकिन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । तर विशेष योजना सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् । आयस्रोत पनि बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । दिउँसाेदेखि अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । वादविवादमा फसिने डरले सताउन सक्छ । अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ । बलजफ्ती गर्दा केही नाेक्सान हुन सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । दिगो काम सुरु गर्ने समय छ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । तर हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ । व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।





