आज २०८० साल भदाै १७ गते आइतवार । भाद्र कृष्णपक्ष चतुर्थी तिथि । रेवती नक्षत्र, १६ः०३ बजेपछि अश्विनी । चन्द्रराशि मीन,१६ः०३ बजेपछि मेष ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामका लागि रकम जोहो गर्ने समय छ । आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला । साँझतिर सहयोगीहरूले साथ दिनेछन् । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । पेसा-व्यवसायमा कम मात्र फाइदा हुनेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेतले कार्यसिद्धि हुनेछ । साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ । पेसा-व्यवसायमा पनि मनग्य फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजाेर रहनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन् । साँझतिर स्थितिमा सुधार आउनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । स्वास्थ्यका लागि सजग रहनुहोला ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ । व्यापार बढ्नुका साथै पेसा-व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । आँटेकाे काम गर्न सफल भइनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ । विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तककाे साथ-सहयाेगले काम गर्न सकिनेछ । श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ । तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूका काममा धेरै समय अलमलिनुपर्ला । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला । केही घरायसी समस्याले आफन्त टाढिन सक्छन् ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा-व्यवसायमा पनि फाइदा हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ । समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ । खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । मिहिनेतले केही काम गर्न सकिनेछ। स्राेत-साधन जुटाउने समय छ ।





