• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

घरै आगनकै वनस्पति, औषधीय गुणले भरिभराउ


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • धार्मिक महत्व बोकेका कारण तुलसी हरेकको घर-आँगनमा रोप्ने चलन छ । यो बिरुवा औषधीय गुणले भरिएको बहुउपयोगी वनस्पति हो ।

    Advertisement

    कोरोना फैलिएसँगै त्यसका केही सकारात्मक प्रभाव पनि देखिए । सुरुवाती दिनमा कोरोनाको कुनै औषधि र खोप तयार भैसकेको थिएन । त्यसैले चिकित्सकहरूले लक्षणअनुरूपको उपचार गरिरहेका थिए । उनीहरू भनिरहेका थिए, ‘कोरोनालाई जित्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । यसका लागि उचित खानपान, व्यायाम एवं मनोबल जरुरी छ ।’

    सम्भावित रोगको जोखिमबाट बच्न मान्छेले नयाँ-नयाँ उपायहरूको खोजी गरे । त्यसैको एक नतिजा थियो, घरेलु जडीबुटी । हाम्रै घर-आँगनमा त्यस्ता औषधीय गुणका जडीबुटीहरू पनि छन्, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् । हामीले दिनहुँ प्रयोग गर्ने बेसारदेखि स्वादका लागि खाने पुदिनासम्म यसका लागि उपयोगी हुन्छन् ।

    हुन त हामीकहाँ परम्परादेखि नै घर आसपासमा यस्ता वनस्पति रोप्ने संस्कार छ । तुलसीलाई त विशेष रूपमा रोप्ने गरिन्छ । यो वनस्पतिलाई पूर्वीय संस्कारमा पूज्य र अनमोल मानिन्छ । किनभने यसमा धेरै रोग निको बनाउने गुण हुन्छ । यसैगरी हाम्रा घर-आँगनमा घिउकुमारीदेखि पुदिनासम्म रोप्ने गरिन्छ । यी वनस्पतिहरू औषधीय गुणले भरिपूर्ण हुन्छन् ।

    तुलसी

    धार्मिक महत्व बोकेका कारण तुलसी हरेकको घर–आँगनमा रोप्ने चलन छ । यो बिरुवा औषधीय गुणले भरिएको बहुउपयोगी वनस्पति हो । यसमा भिटामिन र खनिज प्रशस्त मात्रामा पाइन्छ । तुलसीको बिरुवाले वायु शुद्धीकरणको काम गर्छ । यो हरेक रोगका लागि उत्तिकै उपयोगी मानिन्छ । तुलसीको पात नियमित रूपमा सेवनगर्ने हो भने धेरैजसो रोगबाट बच्न सकिन्छ । यसलाई चूर्ण बनाएर अदुवा, मरिच आदिको सम्मिश्रण गरी चिया बनाएर पिउन सकिन्छ । यसले दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा दिन सहयोग गर्छ । त्यसका साथै माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी रोगका लागि लाभदायक मानिन्छ । यसको हेरचाह गर्न त्यति गाह्रो हुँदैन ।

    गुर्जो

    पछिल्लो समय गुर्जो निकै चर्चा पाएको जडीबुटी हो । महामारीको समयमा यसको प्रयोग बढेको हो । विज्ञहरू कोभिड–१९ बाट बच्न गुर्जो उपयोगी हुने दाबी गर्दै आएका छन् । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । पिसाबसम्बन्धी समस्या, जोर्नीको दुखाइ, मधुमेह, उच्च रक्तचाप, मोटोपन, रक्त विकार हटाउन गुर्जो निकै लाभदायक मानिन्छ । यसमा शीतल बनाउने गुण भएकाले गर्मीका कारण हुने समस्याबाट छुटकारा दिलाउँछ । त्यसका साथै बान्ता रोक्न, कब्जियत हुनेहरूका लागि गुर्जो फाइदाजक हुन्छ ।

    घिउकुमारी

    घिउकुमारी स्वास्थ्य र सौन्दर्यका लागि उपयोगी वनस्पति हो । यसमा भिटामिन ‘ए’, ‘बी–१’, ‘बी–२’, ‘बी–६’, ‘बी–१२’ र ‘ई’ का साथै फोलिक एसिडजस्ता पोषक तत्व हुन्छन् । यसको जेलमातामा, फलाम, क्याल्सियम, जिंक, पोटासियम, क्रोमियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन् । घिउकुमारीको नियमित प्रयोगले छाला र केशलाई सुन्दर बनाउँछ । कब्जियत र मोटोपनमा लाभदायक मानिन्छ । यसले वायु शुद्ध गर्छ । यो बिरुवालाई गमलामा सहजै रोप्न सकिन्छ । यसलाई पानीको आवश्यकता कम पर्छ तर सूर्यको किरणको बढी आवश्यकता पर्छ । धेरै पानी भए बिरुवा मर्न सक्छ ।

    लेमन ग्रास

    लेमन ग्रास चियाका रूपमा पिइन्छ । यसको सुगन्ध र स्वाद असाध्यै मीठो हुन्छ । यसलाई विभिन्न परिकारमा मिसाएर खाने गरिन्छ । यो औषधीय गुणले भरिपूर्ण हुन्छ । लेमन ग्रासमा एन्टिअक्सिडेन्ट, एन्टिइम्पलामेन्टरी र एन्टिसेप्टिक गुण पाइन्छ । यसमा पाइने पौष्टिक तत्वले टाउकोको दुखाइ, माइग्रेन कम गर्छ । यसको नियमित सेवनले कोलस्टेरोलको मात्रा नियन्त्रण गर्छ । यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइने भएकाले शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । दैनिक लेमन ग्रासको चिया पिउनाले छालामा निखार आउँछ ।

    रोजमेरी

    रोजमेरीको प्रयोग खानाको स्वाद र सुगन्ध बढाउन गरिन्छ । तर यो औषधीय गुणले भरिपूर्ण भएकाले विभिन्न स्वास्थ्य समस्याका लागि पनि लाभदायक मानिन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, भिटामिन आदि प्रशस्तमात्रामा पाइन्छ । रोजमेरीको नियमित सेवनले क्यान्सरबाट बचाउँछ । स्मरण शक्ति बढाउनुका साथै मानसिक रोग, अल्जाइमर, माइग्रेन, अल्सरजस्ता समस्यामा लाभदायक मानिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । रोजमेरीको तेलले दुखाइ कम हुन्छ । दुखेको भागमा यसको तेलले मालिस गर्दा आराम मिल्छ ।

    पुदिना

    पुदिनाको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याबाट छुटकारा दिन्छ । साथै सौन्दर्य निखार्नमा पनि उत्तिकै उपयोगी मानिन्छ । डन्डिफोर वा अन्य खटिरा आएको बेला पुदिनाका पातमा थोरै कागतीको रस मिलाएर लगाए त्यसबाट छुटकारा पाइन्छ । ज्वरो आएका बेला पुदिनाको रस निकै उपयोगी मानिन्छ । अपच भएको, ग्यास्ट्रिकको समस्या भए पुदिनाको जुस बनाएर खान सकिन्छ । दैनिक पुदिनाको सेवनले दाँत सड्ने, गिजा सुन्निने, सास गन्हाउने समस्या हराएर जान्छन् ।

    घोडताप्रे

    घोडताप्रे पहाडी क्षेत्रमा पाइन्छ । सानो कुर्पो आकारमा पाइने यो झार भुइँमा जताततै हुन्छ । ज्वरो आएको, घाँटी दुखेको बेला यसलाई माडी रस निकालेर पिउँदा राहत मिल्छ । यसमा एन्टिअक्सिडेन्ट गुण भएकाले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । निमोनियाँ हुनबाट बचाउँछ । बच्चाहरूका लागि पनि उपयोगी घोडताप्रेको नियमित सेवनले श्वासप्रश्वाससम्बधी रोगबाट छुटकारा दिलाउँछ । स्मरणशक्ति बढाउन सहयोग गर्छ । यसमा शीतलता दिने गुण भएकाले गर्मीमा यसको सेवनले फाइदा पुर्‍याउँछ । मन शान्त, चिन्तामुक्त राख्छ । थकान र अल्छी हटाउँछ । निद्रा नलाग्ने समस्या भए यसको सेवनले फाइदा गर्छ ।

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer