• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खुट्टा गनाउने रोग छ, यसो गरे गन्हाउदैन


  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
  • काठमाडौं । धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा आएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा भिजेको रहिरहन्छ । खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ । कोहीकोहीको खुट्टा यति गनाउँछ कि छेउको मानिस वा कोठामा रहेका अन्यलाई बसिनसक्नु हुन्छ । अब खुट्टा गनाउने समस्यालाई कसरी हटाउन सकिन्छ ।

    Advertisement

    घरेलु उपाय

    अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

    मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।

    एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।

    राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।

    नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।

    बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस्।

    कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।

    चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।

    एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् । यसको साथै दैनिक रुपमा खुट्टा धुने र सफा र सुतीको मोजा लगाउने गरे खुट्टा गनाउने समस्याबाट पार पाउन सकिन्छ ।

    चिकित्सकको सल्लाह

    जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ ।

    खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।

    नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ ।

    कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पलरस्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बान्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

    मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् ।

    नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०-१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ ।

    स्वीमिगं पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।

    शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer