काठमाडौं । झुसे करेला वा भनौं चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ । यसलाई विभिन्न परिकारमा प्रयोग गरिन्छ। वर्षातको मौसममा फल्ने यो तरकारीलाई निकै फाइदाजनक मानिन्छ । चट्टेल अन्य तरकारीजस्तो प्रख्यात नभए पनि यसले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । यस तरकारीमा पाइने गुणले धेरै रोगबाट बच्न सकिन्छ । यसको सेवन धेरै लाभदायक हुन सक्छ र चिकित्सककहाँ जानबाट बचाउन सक्छ ।
यसमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । विभिन्न रिपोर्टमा सार्वजनिक भएअनुसार यममा चिकनभन्दा ५० प्रतिशत बढी शक्ति र प्रोटिन हुन्छ । यसमा प्रोटिन र आइरन भरपुर मात्रामा पाइन्छ तर क्यालोरी भने कम हुन्छ ।
यो खाँदा कलेजो पनि स्वस्थ रहन्छ र आँखाको ज्योति पनि तेजिलो हुन्छ । यसको तरकारी खानमा स्वादिलो हुनुका साथै यसले शरीरलाई बलियो बनाउँछ ।
चट्टेलका ६ स्वास्थ्य लाभहरूः
रक्त शर्करा नियन्त्रणः चट्टेलमा गरिएको अनुसन्धानले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी साबित हुने देखाएको छ । यसमा पाइने फाइबर र यसको लो ग्लाइसेमिक इन्डेक्सको मद्दतले रगतमा चिनीको मात्रा स्थिर रहन्छ। यसले टाइप २ मधुमेहको जोखिम कम गर्न पनि मद्दत गर्छ।
ज्वरोमा चट्टेलको फाइदाः ज्वरो कम गर्न पनि चट्टेलको सेवन गर्न सकिन्छ । एनसीबीआईको वेबसाइटमा प्रकाशित अनुसन्धानका अनुसार चट्टेलको जराको रसमा एन्टिपायरेटिक गुण पाइन्छ । यसले सीधै ज्वरोको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ । उच्च ज्वरो आएमा यसको जराको लेप शरीरमा लगाउनाले आराम मिल्छ । यसका साथै मौसम परिवर्तन हुँदा रुघा-खोकी ज्वरो आउने गर्छ । यसमा एन्टी एलर्जिक र एनाल्जेसिक गुण हुन्छ जसले यी रोगबाट बचाउन सहयोगी हुनसक्छ ।
एन्टिअक्सिडेन्ट गुणले भरिपूर्णः फेनोलिक यौगिकहरू र फ्लेभोनोइडहरू सहित एन्टिअक्सिडेन्टहरूको उपस्थितिको कारण, चट्टेलले शरीरका कोशिकाहरूलाई अक्सिडेटिभ तनाव र फ्री रेडिकलहरूबाट हुने क्षतिबाट बचाउन मद्दत गर्दछ । यो शरीरमा उचित अक्सिडेशन प्रदान गर्न एक राम्रो विकल्प हो ।
वजन व्यवस्थापनमा उपयोगीः यस तरकारीमा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा कम हुने भएकाले आफ्नो तौल नियन्त्रण गर्न चाहनेहरूका लागि यो उत्तम विकल्प हो । साथै, यसमा सीमित मात्रामा बोसो पनि हुन्छ ।
पाचन प्रक्रियामा सहयोगीः चट्टेलमा पाइने डाइटरी फाइबर कब्जियतको समस्यामा वरदान साबित हुन्छ । यसले नियमित आन्द्राको चाललाई बढावा दिन्छ र पेटलाई राम्ररी सफा गर्छ ।
प्रतिरक्षा प्रणालीका लागि उपयोगीः भिटामिन सीले शरीरलाई संक्रमण र रोगहरूबाट बचाउन मद्दत गर्छ । चट्टेलमा भिटामिन सी पनि राम्रो मात्रामा पाइन्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्छ ।




