• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, बैशाख २७, २०८३
☰
आइतबार, बैशाख २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८० साल असाेज १ गते साेमवार: यस्तो छ तपाईको भाग्यफल


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • आज २०८० साल असाेज १ गते साेमवार । भाद्र शुक्लपक्ष तृतीया तिथि, १०ः२३ बजेपछि चतुर्थी । चित्रा नक्षत्र, ११ः१६ बजेपछि स्वाती । चन्द्रराशि तुला ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामकाे सफलताले हौसला जगाउनेछ । व्यापार बढ्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साेखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य-चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहाेर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ । तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ-सहयाेग प्राप्त हुनेछ । व्यापारमा अवश्यै लाभ हुनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    खर्चिलाे काम थाल्नाले व्यवहारमा समस्या पर्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ । आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । सानातिना काममै अलमल हुनेछ ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । आफन्तबाटै टाढिनुपर्ने हुन सक्छ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही पाउन अर्काे वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा फड्को मार्ने समय छ । जिम्मेवारी समेत बढ्नेछ । तर हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा फाइदा भइरहनेछ । अरूकाे चासो लिँदा झमेला आइलाग्न सक्छ ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी-विरोध गर्न सक्छन् । काम राेकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहाेला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २१ गते साेमवार:

    • ३.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ४.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ६.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer