आज २०८० साल असाेज १४ गते आइतवार । आश्विन कृष्णपक्ष द्वितीया तिथि, १२ः१२ बजेपछि तृतीया । अश्विनी नक्षत्र । चन्द्रराशि मेष ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । अरूका लागि खर्च बढ्न सक्छ । आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला । आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ । अध्ययनमा समय दिन नसकिएला । व्यावसायिक काममा केही बाधा पर्न सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । पेसा-व्यवसायमा विशेष लाभ हुनेछ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ । साझेदारीबाट लाभ मिल्नेछ । सहयोगीहरू पनि जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । नयाँ कामतर्फ लगानी बढाउन सकिनेछ । लेनदेन तथा सेयर काराेबारमा फाइदन हुनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । उपभाेग्य भाैतिक वस्तु किनमेल गर्ने समय छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साथीभाइकाे सहयोग जुट्नेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विभिन्न भौतिक साधन पनि जुटाउन सकिनेछ । मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुखद समाचारले उत्साह जगाउनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । दिगो काम थाल्ने समय छ । प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । अरूको भरपर्दा काम रोकिन सक्छ । श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । मिहिनेत गर्दा प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ । आफ्ना कामको धेरैले तारिफ गर्नेछन् । बोलीको भरमा काम सम्पादन हुने समय छ । 




