आज २०८० साल असाेज १७ गते बुधवार । आश्विन कृष्णपक्ष पञ्चमी तिथि, ९ः०७ बजेपछि षष्ठी । राेहिणी नक्षत्र । चन्द्रराशि वृष ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । व्यापारमा समेत कम मात्र फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला । निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ । विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । देश-विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर-छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ । राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ । सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेतले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ । रोकिएका काम भने दोहोर्याउनुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । सानातिना घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । लेनदेनमा विवाद हुन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । अध्ययनमा समय दिन नसकिएला । परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ । हल्लाको पछि लाग्दा दु:ख पाइनेछ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।





