आज २०८० साल असाेज २१ गते, आइतवार । आश्विन कृष्णपक्ष नवमी तिथि, ११ः४६ बजेपछि दशमी । तिष्य नक्षत्र । चन्द्रराशि कर्कट ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला । विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । काममा स्थानान्तरण हुने समय छ । यात्राका लागि खर्च हुनेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । भौतिक साधनको उपयोगले विशेष फाइदा दिनेछ । श्रमको उचित मूल्य पाइनेछ । छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । सहयोगीहरू पनि जुट्नेछन् ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि कामको उचित मूल्य नपाइने परिस्थिति देखिन्छ । स्वास्थ्यमा कमजोरी र काममा बाधा हुनेछ । जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । केही बाध्यतामा अलमलिनुपर्ने देखिन्छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ । लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । तत्काल चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ । अरूको विश्वासमा पर्दा धोका पाइएला । पतिपत्नीमै अविश्वास बढ्न सक्छ । यात्रा रमाइलो हुनेछ तर धनमाल सुरक्षामा ध्यान दिनुहोला । मेहनत गर्दा अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आयआर्जन सामान्य भए पनि भौतिक साधन जुटाउन सकिनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुने समय छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । कामको मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य-चिन्ताले सताउन सक्छ । अध्ययनमा प्रगति हुनेछ भने अरूका लागि पनि सहयोग गर्न सकिनेछ । नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला ।





