आज २०८० साल असाेज २६ गते शुक्रवार । आश्विन कृष्णपक्ष चतुर्दशी तिथि, २१ः२८ बजेपछि औंसी । उत्तरफाल्गुनी नक्षत्र, १५ः०४ बजेपछि हस्त । चन्द्रराशि कन्या ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यापारलगायत दिगो पेसा शुभारम्भ गर्ने समय छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । मिहिनेतले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । काम दाेहाेर्याउनुपर्ला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । आमाको माध्यमबाट लाभ उठाउन सकिनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । राेग र शत्रुमाथि समेत विजय प्राप्त हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएको कामले राम्रै लाभ दिलाउनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य कामले चर्चामा ल्याउनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने मौका छ । सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सानाे कामका लागि बढी मेहनत गर्नुपर्ने देखिन्छ । संघर्षले कर्मयोग अघि बढ्नेछ । अरूका लागि रकम र समय खर्चनुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पेसा-व्यवसायमा कम मात्र फाइदा हुनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । तर आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ, सजग रहनुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोर भइनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । यात्रा अलि कष्टपूर्ण हुन सक्छ । समस्या पर्दा आफन्तको साथ जुट्नेछ । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ ।





