आज २०८० साल असाेज २७ गते शनिवार । आश्विन कृष्णपक्ष औंसी तिथि । हस्त नक्षत्र, १७ः०७ बजेपछि चित्रा। चन्द्रराशि कन्या ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । काम दोहोर्याएर गर्नुपर्ला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला । अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा अनायासै व्यवधान देखा पर्न सक्छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । विभिन्न स्रोत-साधन जुट्नेछन् । थन्किएका वस्तुको उपयोग हुनेछ । समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यावहारिक कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्नेछ । सम्भावना देखिए पनि सोचेको उपलब्धि हातलागी नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । मिहिनेत गर्दा स्थितिमा सुधार आउनाले सामान्य फाइदा हुनेछ । पहिलेकै समस्या दोहोरिनाले अलमलमा परिएला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । आफ्ना काममा अरूकाे भरपर्दा गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । मिहिनेत गर्दा पछि फाइदा हुने काम बन्न सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । केही खर्च लागे पजि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साथीभाइका लागि केही खर्च हुन सक्छ । अभिभावककाे गुनासाे सुन्नुपर्ला ।





