• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडकमा १० दिन पनि टिकेन तीन करोडको रातो रंग, जिम्मा कस्ले लिने


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • काठमाडौं । संविधान दिवसको अवसर पारेर तामझामका साथ काठमाडौँको रत्नपार्क देखि भक्तपुरको सुर्यविनायकसम्म सञ्चालनमा ल्याइएको द्रूत बस सेवाका लागि सडकमा रातो रंग लगााउन र संकेत मात्रै सरकारी कोषबाट करिब तीन करोड १० लाख खर्च हुने भएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालयमा फाइल पुगेको छ । यस रुटमा रंग लगाउन र संकेत लेख्न चारवटा कम्पनीलाई जिम्मा दिइएको छ । कम्पनीले त्यसको बिल सडक विभागलाई बुझाएका छन् । यद्यपि, अझै बिल भुक्तानी भइनसकेको विभागका कर्मचारी बताउँछन् ।

    Advertisement

    तीन करोड १० लाख रूपैयाँ खर्च गरेको लगाएको रंग १० दिनमै ठाउँठाउँमा उप्किएको विभागकै इञ्जिनियरहरू स्वीकार गर्छन् । द्रूत बस सेवा सञ्चालनको लागि छुट्टै लेनको संकेत गर्न रातो रंग लगाइएको हो । रातो रंग र संकेत लेख्ने काम रत्नपार्कदेखि जडिबुटीसम्म काठमाडौं सडक डिभिजन कार्यालय र जडिबुटीदेखि सूर्य विनायकसम्म, सूर्यविनायक, धुलिखेल– सिन्धुली–बर्दिवास सडक आयोजनाले गरेको हो ।

    काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउन के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलीसडकलाई जिम्मा दिइएको थियो । यसैगरी, रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड (रातो रंगभित्र लेखिएका अक्षर र बोर्ड) लेख्न सौरभ आटर्स एन्ड मिडिया सर्भिसेजसलाई जिम्मा दिइएको थियो ।

    यसैगरी, काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्य विनायकसम्म नयाँ युग प्रालिले रंग लगाएको हो । जडिबुटीदेखि सूर्य विनायकसम्म साइन पोष्ट र साइनबोर्ड बनाउने काम पनि सोही कम्पनीलाई जिम्मा दिइएको थियो भने सूर्यविनायक, धुलिखेल सिन्धुली बद्रीबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले जनाए ।

    सडक विभाग काठमाडौंका इञ्जिनियर हरिकुमार ठकुरीका अनुसार रत्नपार्क देखि जडिबुटीसम्म रंग लगाउन, पेन्टिङ गर्न तथा साइनबोर्ड राख्न भ्याट सहित १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । यसैगरी, जडिबुटीदेखि सुर्यविनायकसम्मको रुटमा यी काम गर्न एक करोड ६० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको सिडिइ लामिछानेले जनाए । सडक विभागमा बुझाइएको बिल अझै भुक्तानी भइनसकेको भन्दै ठकुरीले भने, ‘ठाउँठाउँमा रंग उप्किएको सही हो । तर उप्किएको ठाउँमा नबनाएसम्म हामीले भुक्तानी गर्दैनौं । अहिले सच्याउने काम सुरु भइसकेको छ ।’ निकै हतार हतारमा काम गर्नुपर्ने भएकाले यसअघि काम गरेका र अनुभवका आधारमा तीनवटा कम्पनी छान्नुपरेको उनले बताए । यस्तै भनाइ सूर्यविनायक, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका सिडिइ लामिछानेको छ ।

    भदौ दोस्रो साता काठमाडौंको कुनै ठाउँमा दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री कार्यालय तहबाट गरिएको थियो । त्यसपछि यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाइ दिइयो । भदौ तेस्रो साता मन्त्रीस्तरीय निर्णयबाट रत्नपार्कदेखि सूर्यविनायकसम्म दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय गरियो । त्यसभन्दा पहिले काठमाडौंका दुई तीनवटा सम्भावित रुटको अध्ययन गरिएको थियो । अध्ययनबाट सबैभन्दा उपयुक्त रुट रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुट देखिएको थियो ।

    हतार हतारमा निर्णय गरी हतारहतारमै रातभर काम गरेर रंग लगाउने र लेख्ने काम सम्पन्न भएको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘यो हाम्रो पहिलो अनुभव थियो । यसअघि यसरी सडकमा रातो रंग कहिल्लै लगाएका थिएनौं,’ ठकुरीले भने । दु्रत बस सेवा सञ्चालनको उद्घाटन निकै चर्चा र तामझामका साथ गरिएको थियो । उद्घाटन गर्दा अब देखि रत्नपार्कदेखि सूर्यविनायकसम्को यात्रामा ४५ मिनेट मात्र समय लाग्ने चर्चा गरिएको थियो ।

    रत्नपार्क देखि सूर्यविनायकसम्म करिब १८ किमि लामो सडक छ । यस रुटमा दु्रत बस सेवा सुरु गरेपछि यता करिब १५ मिनेट यात्रा छोटो भएको यात्रुहरू बताउछन । भौतिक पूर्वाधार मन्त्रालयले दु्रत बस सेवा सफल बनाउन यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति नै गठन गरेको छ । उक्त समितिमा ट्राफिक प्रहरीका प्रतिनिधिहरूलाई पनि राखिएको छ ।

    विभागका एक कर्मचारी भन्छन्, ‘दु्रत बस सेवाका लागि छुट्टयाएको बाटोमा अरू बस तथा सवारीसाधनलाई छिर्न नै नदिने हो भने यो सेवा प्रभावकारी हुने थियो । तर यो सम्भव छैन । त्यसैले दु्रत बस बस सेवा चर्चा गरे जस्तो सफल भएन ।’ दु्रत बस सेवा सोचजस्तो सफल नभए पनि यो सेवा बन्द गर्न नहुने र यसलाई अझै विस्तार गर्दै जानुपर्ने उनको सुझाव छ । ‘यो नेपालका लागि नयाँ प्रयोग हो । यस कामलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer