आज २०८० साल असाेज २९ गते साेमवार । आश्विन शुक्लपक्ष द्वितीया तिथि । स्वाती नक्षत्र । चन्द्रराशि तुला ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी-विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । लगानीतर्फ लागत बढ्नेछ । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरू बाट सावधान रहनुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ । नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन् । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ । शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली-व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार-व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ ।





