• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

आज २०८० साल कार्तिक २१ गते मंगलवार: यस्तो छ तपाईको भाग्यफल !


  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
  • आज २०८० साल कार्तिक २१ गते मंगलवार । कार्तिक कृष्णपक्ष दशमी तिथि । मघा नक्षत्र, १७ः१७ बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि सिंह ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ । हडबड गर्नाले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ । तापनि साथीभाइहरू जुट्नाले चिताएको काम बन्न सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । होसियारीसाथ काममा जुट्नुहोला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ । टाढाबाटै साथीभाइले काममा साथ दिनेछन् ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मिहिनेत परे पनि काम सम्पादन गर्न समय लाग्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । विगतका कमजोरी बाहिर आउनाले पनि व्यवहारमा समस्या पर्ला । आफ्नैले काम बिगार्न सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । काम दोहोर्याउनुपरे पनि समस्या सुल्झाउन सफल भइनेछ । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले विशेष स्थान दिलाउन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायले यात्रा गराउन सक्छ ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला । समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ । प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ । बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । मिहिनेतले अवसर दिलाउनेछ । यात्रा गर्दा सुरक्षामा ध्यान दिनुहोला ।

    मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer