• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जाडोमा घाम ताप्नु निक्कै फाईदा, तर कति बेला र कति समय बस्ने


  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
  • सुन्दा सामान्य लाग्छ, तर घामको किरण मानव शरीरका लागि नभई नहुने तत्व हो । त्यसैले घाम ताप्नु भनेको स्वास्थ्यलाभ लिनु हो ।

    Advertisement

    आयुर्वेदले यसलाई ‘सूर्य स्नान’ भन्छ । यो भनेको घामको पूर्ण सम्पर्कमा रहेर त्यसको न्यानो ताप्नु हो । शरीरका अधिकांश भागमा घामको स्पर्श हुनु हो । यसो गर्दा के हुन्छ ? मेलाटोनिन पाइनल ग्रन्थिले बनेको हार्मोन हो, जुन मस्तिष्कको सानो ग्रन्थि हो । मेलाटोनिनले निद्रा नियन्त्रण गर्न र चक्रलाई जगाउन मद्दत गर्दछ ।

    प्रकाशले प्रत्यक्ष रूपमा शरीरले उत्पादन गर्ने मेलाटोनिनको मात्रालाई असर गर्छ । रगतमा मेलाटोनिनको स्तर रातमा उच्चतम हुन्छ र यसले हाम्रो सर्काडियन लयलाई सुधार गरेर स्वस्थ निद्रालाई बढावा दिन्छ ।

    भिटामिन डीको स्रोत के हो ?

    भिटामिन डीको प्राकृतिक स्रोत सूर्यको प्रकाश अर्थात् घाम हो । बिहानको घाममा पर्याप्त वा भरपुर मात्रामा भिटामिन डी हुन्छ । छालामार्फत लिने गर्छ । घामबाट पाइने भिटामिन डी बोसो तत्वमा घुलमिल हुने तत्व हो ।

    दैनिक घाम ताप्न नसके पनि कम्तीमा हप्ताको एकदिन भए पनि शरीरमा तेल लगाए घाममा बस्नुपर्छ । यसले भिटामिन डीको कमी हुनबाट जोगाउँछ । यसबाहेक भिटामिन डीको स्रोतमा अण्डा, बन्डा, काउली, चीज, च्याउ, माछाको फोक्सो, फलफूलको सेवन नियमित खान सकेमा पनि शरीरमा भिटामिन डीको कमी हुन दिंदैन । अण्डामा पनि अण्डामा भएको भित्री पहेंलो भागमा भिटामिन डी हुन्छ ।

    त्यस्तै माछामा ओमेगा-३ फ्याटी एसिड हुन्छ । जुन भिटामिन डीको भरपूर्ण स्रोत हो, भिटामिन डीको अर्को मुख्य स्रोत गाईको दूध पनि हो । स्वास्थ्यविद्हरुका अनुसार लो फ्याट दूधको सट्टा फुल क्रीम दूध सेवन गर्नुपर्छ । किनकि यसमा भिटामिन डी र क्याल्सियम हुन्छ । दहीको सेवनले पनि शरीरमा भिटामिन डीको कमी हुन दिंदैन ।

    भिटामिनको डीको कमी

    थकान र कमजोर महसुस हुने, हड्डीको दुखाइ महसुस हुने, निद्रा नलाग्ने, मासंपेशी दुख्ने, भोक नलाग्ने, कपाल झर्ने,केही नगर्दा पनि हातखुट्टा गल्ने, हातखुट्टा बागिंने लगायत लक्षण देखा पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर बारम्बार रोगको संक्रमण भइरहने हुन्छ । तर कहिलेकाहीं बाहिर रुपमा तन्दुरुस्त भए पनि वा लक्षण नदेखे पनि शरीरमा भिटामिन डीको कमी भएको हुन सक्छ ।

    भिटामिन डी शरीरको हड्डी र छालाको लागि चाहिने महत्वपूर्ण तत्व हो । यसको कमीले हड्डी र छालासम्बन्धी समस्या हुन्छ । यदि बालबालिकामा भिटामिन डीको कमी भएमा उनीहरुको शारीरिक र मानसिक वृद्धिमा समस्या आउने गर्छ ।

    कति बेर बस्ने ?

    विशेषगरी भिटामिन डीको लागि बिहानको घाम सबैभन्दा फाइदाजनक हुन्छ । तर बिहानको घाममा बस्न समय नमिलेको खण्डमा साँझको घाममा पनि बस्न सकिन्छ । तर मध्य दिनको घाममा बस्नु हुँदैन । किनकि यसमा खराब विकिरण हुन्छ । यसले फाइदाको सट्टा छालामा समस्या ल्याउन सक्छ । त्यसैले सकेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्मको घाममा बस्नु राम्रो हुन्छ ।

    यसबेलाको घाममा पर्याप्त मात्रामा भिटामिन डी हुन्छ । अध्ययनअनुसार कम्तीमा २० देखि २५ मिनेट र बढीमा दुई घण्टा बस्न सकिन्छ ।

    कसरी बस्ने घाममा ?

    भिटामिन डीका लागि घाममा बस्दा भित्री वस्त्र मात्र लगाएर शरीरभरि तोरीको तेल लगाएर बस्न सकिन्छ । यसरी बस्दा शरीरले भिटामिन डी सोस्न मद्दत गर्छ । तर लुगा लगाएर घाममा बस्दा भिटामिन डीको प्राप्ति हुँदैन ।

    त्यस्तै घाममा लामो समय बस्दा शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले पानी वा झोलिलो खानेकुरा खाने गर्नुपर्छ । घाममा बसिसकेपछि तुरुन्तै चिसो ठाउँमा बस्ने, चिसो खानेकुरा खाइहाल्ने, एसी चलाएर बस्ने गर्नु हुँदैन । यस्तो गरेमा बेहोस हुन सकिन्छ ।

    सनस्क्रिन लगाउनुपर्छ कि पर्दैन ?

    कतिपय मानिसको छाला संवेदनशील हुन्छ । कसैलाई घामको एलर्जी छ भने त्यस्ता व्यक्तिले सनस्क्रिन लगाउन सकिन्छ । तर समान्य छाला छ भने घाम ताप्दा शरीरमा तेल मात्र लगाए पुग्छ, सनस्क्रिन लगाउनु पर्दैन । किनकि तेलले कुनै पनि जीवाणु फंगस, ब्याक्टेरिया बढ्न सक्दैन । कृत्रिम मोइस्चराइजर लगाउनुभन्दा प्राकृतिक तेल लगाउनु उपयुक्त हुन्छ । संवेदनशील छाला भएकाले पनि बिहानको घाम ताप्न सकिन्छ । तर दिउँसोको घामबाट भने जोगिनुपर्छ ।

    भिटामिन डी क्याप्सुल खानुपर्छ कि पर्दैन ?

    शरीरमा भिटामिन डीको कमी देखिएमा क्याप्सुल खानुपर्छ । तर चिकित्सकको परामर्शअनुसार गराएर मात्र खानुपर्छ । यत्तिकै आफैंले फार्मेसीबाट किनेर खानुहुँदैन । किनकि यसको पनि डोज हुन्छ । तर सकेभर प्राकृतिक स्रोतबाट पूर्ति गर्न कोसिस गर्नुपर्छ ।

    कमी किन हुन्छ ?

    घाममा बस्ने बानी कमी, चाहेर पनि कामको व्यस्तताका कारण घाम ताप्न नपाएर, छाला कालो हुन्छ भनेर घाम नताप्दा हुन्छ । छालामा मेलानिन भन्ने तत्व हुन्छ । यसले मेलानिन कम भएका सेतो छालाको रंग सेतो हुन्छ भने र मेलानिन बढी भएमा छाला कालो हुने गर्छ ।

    त्यस्तै बिहानको घाममा नवजात शिशुलाई तेल लगाएर ताप्ने परम्परा वा चलन थियो । तर आजभोलि त्यो हराउँदै गएको छ । यसले गर्दा पनि अहिले बालबालिकामा भिटामिन डीको कमी देखिन्छ ।

    शरीरमा क्याल्सियमको कमीले पनि भिटामिन डीको कमी हुन सक्छ । त्यसैले क्याल्सियमको कमी हुन नदिन दूध, मासी, कुरकुरे हड्डी खाने गर्नुपर्छ । भिटामिन डीको कमी छ कि छैन भनेर थाहा पाउन ४० वर्ष कटेका महिला र पुरुषले कम्तीमा वर्षको एकपटक स्वास्थ्य जाँच गराउनुपर्छ ।(साभार)

    मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer