आज २०८० साल कार्तिक २२ गते बुधवार । कार्तिक कृष्णपक्ष दशमी तिथि, ७ः५८ बजेपछि एकादशी। पूर्वफाल्गुनी नक्षत्र, १९ः५३ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काममा अलमल हुनेछ । कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ । हल्लाको पछि लाग्दा दु:ख पाइनेछ । आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान् । स्वास्थ्य-चिन्ताले सताउन सक्छ । अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ । व्यवसायमा आंशिक फाइदा हुनेछ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला । बेलामा होस नपुर्याउँदा केही चुनौती आउलान् । दाजुभाइमा असमझदारी बढ्न सक्छ । तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा आंशिक सफलता पाइनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु बेस होला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला । बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ । तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ । मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला । ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ । तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला । परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला । मिहिनेत गर्दा राम्रै प्रतिफल पनि प्राप्त हुनेछ । तत्काल लाभ नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । सानातिना काममा अल्झनुपर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । शुभचिन्तकहरूको साथ जुट्न सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ । लामो यात्राका लागि केही रकम खर्च हुने समय छ ।





