आज २०८० साल कार्तिक २७ गते साेमवार । कार्तिक कृष्णपक्ष औंसी तिथि, १४ः४१ बजेपछि कार्तिक शुक्ल प्रतिपदा । विशाखा नक्षत्र । चन्द्रराशि तुला ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका दौडधुप गर्नुपरे पनि मिहिनेतले सफलता दिलाउनेछ । समस्या पन्छाएर काम गर्न सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । हल्लाको पछि लाग्दा अलमल हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । अध्ययनमा अलमल हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अलि संघर्षपूर्ण रहला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । मिहिनेत परे पनि कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला । सहयोगीहरू कमै भेटिनेछन् । पारिवारिक काममा व्यस्त हुनुपर्ने समय छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि लगानी बढाउन सकिनेछ ।उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दैनिक काममा उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा रकम बाहिरिन सक्छ । उधाराे व्यापारले रकम अड्किन सक्छ । किनमेलमा पनि अधिक खर्च हुन सक्छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ । कामकाे चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । उधाराेमा व्यापार गर्नुपर्ला । आफ्नाे सूचना बाहिरिन स्क्छ, सजग रहनुहाेला । धेरै फाइदा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन भने सफल भइनेछ ।





