आज २०८० साल कार्तिक २९ गते बुधवार । कार्तिक शुक्लपक्ष द्वितीया तिथि, १४ः०५ बजेपछि तृतीया । ज्येष्ठा नक्षत्र । चन्द्रराशि वृश्चिक ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । तापनि सम्भावना खोजी गर्ने समय छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ । प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन् । मिहिनेतले फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । रमाइलो यात्रा हुन सक्छ । परिवारजनको साथले आत्मबल प्राप्त हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आश्वासन बाँड्नेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल धेरै फाइदा नहुन सक्छ । परिस्थितिले समस्याको मोडमा पुर्याउन सक्छ । पुरानो गतिले पनि काम बिग्रन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । अरूको भरपर्दा काम रोकिन सक्छ। अप्ठ्यारै परिस्थितिमा पनि मान्यजन तथा आफन्तले भने साथ दिनेछन् ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । अरूको फाइदाका लागि उपयोग भइएला । साथीभाइ टाढिनेछन् र काम बिग्रने डरले सताइरहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ । प्रयत्न गर्दा ऋणमोचन हुनेछ । व्यावसायिक यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरुषार्थी काम प्रारम्भ हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान-सम्मान प्राप्त होला । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सहयोगीहरूको साथ जुट्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । समुदायको हक संरक्षण गर्न सकिनेछ । चिताएको मूल्य प्राप्त नभए पनि फाइदै हुनेछ ।





