• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आजदेखि हुन लागेको सूर्य नेपाल एनपीजीए म्याच प्लेमा उत्कृष्ट १६ खेलाडीले प्रतिस्पर्धा गर्ने


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ ।

    Advertisement

    सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने छन् । तर, यसपटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन् । यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्ने छन् ।

    शुक्रसँगै १४औँ वरीयताका टंकबहादुर राई, १५औँ वरीयताका बलभद्र राई र १६औँ वरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन् ।

    चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहने छन् । १७औँ वरीयताका दीपक मगर, १८औँ वरीयताका तोरण विक्रम शाही, १९औँ वरीयताका प्रदीप कुमार लामा र २०औँ वरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् ।

    म्याच प्लेको ड्र अनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औँ वरीयताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन् । तेस्रो वरीयताका नीरज तामाङको सामना १९औँ वरीयताका प्रदीप कुमार लामाले गर्नेछन् । डिफेन्डिङ च्याम्पियन तथा चौथो वरीयताका दिनेश प्रजापतिले १८औँ वरीयताका तोरण विक्रम शाहीसँग खेल्नेछन् । यस्तै १७औँ वरीयताका दीपक मगरले पाँचौँ वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् ।

    यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौँ वरीयताका सञ्जय लामा र १३औँ वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुने छ । सातौँ वरीयताका रवि खड्काको सामना १३औँ वरीयताका रमेश अधिकारीले गर्नेछन् । अर्को खेलमा आठौँ वरीयताका रामे मगर र ११औँ वरीयताका सूर्य प्रसाद शर्माबीच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ । यस्तै नवौँ वरीयताका धनबहादुर थापा र १०औँ वरीयताका भुवन कुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्ने छन् ।

    पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । क्वाटरफाइनल खेलहरू बिहीबार हुने छन् । सेमिफाइनल शुक्रबार हुने छ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुने छ । शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ ।

    खेलाडीहरूले कुल दुई लाख ५० हजार नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।

    नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए । उनले भने, “सूर्य नेपाल प्रालिको सहयोग बिना यो टुर यहाँसम्म आउन सक्ने थिएन । नेपालमा गल्फ क्रमशः विकास भइरहेकोछ र भोलिदेखि सुरु हुने सूर्य नेपाल म्याच प्ले प्रतिस्पर्धात्मक हुनेछ भन्ने विश्वास लिएको छु ।”

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer