☰
सोमबार, कार्तिक १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एपीएफको अपराजित यात्रा


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायम राखेको छ । बुधबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध ९२ रनको सहज जित निकालेको हो । एपीएफले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । कर्णालीकी त्रिशणा विश्वकर्माले १९ रन बनाइन् । गौरी बोहराले १२ र रश्मी खड्काले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    Advertisement

    एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी करुणाले एक मेडन राख्दै १३ रन खर्चिइन् । सुमन बिष्टले दुई विकेट लिँदा विनु बुढा र सीता रानामगरले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो । एपीएफकी दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । राजमती ऐरीले ६७ रन बनाइन् । उनले ५५ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । मम्ता चौधरीले ५५ बलमा आठ चौकासहित ६२ रन थपिन् । रोमा थापा १४ रनमा अविजित रहिन् ।

    कर्णालीकी त्रिसणा विश्वकर्माले एक विकेट लिइन् । जितसँगै पाँच खेलबाट १० अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन कर्णाली तालिकाको पुछारमा छ । प्रतियोगितामा कर्णाली हालसम्म जितविहीन छ । प्रतियोगिताअन्तर्गत आजै भएका अन्य खेलमा वाग्मतीले लुम्बिनी प्रदेशविरुद्ध नौ रनको, सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशविरुद्ध पाँच विकेटको र कोसी प्रदेशले गण्डकी प्रदेशविरुद्ध ५५ रनको जित दर्ता गराएका छन् ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer