आज २०८० साल मंसिर १५ गते शुक्रवार । मार्ग कृष्ण चतुर्थी तिथि, १५ः३० बजेपछि पञ्चमी । पुनर्वशु नक्षत्र, १७ः३० बजेपछि तिष्य । चन्द्रराशि मिथुन, ११ः०४ बजेपछि कर्कट ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानकाे समय लाभदायक रहनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्दा दु:ख पाइनेछ । आँटेकाे काम राेकिन सक्छ । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ । कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ । अधुराे काम बन्नेछ । व्यापार बढ्नाले लाभ हुनेछ । कामको लगावले मनग्य धन आर्जन हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहानकाे समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । दिउँसाेदेखि जिम्मेवारीले खर्च बढाउन सक्छ । अरूकाे समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ । परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि अरूकाे विचारमा सहमत बन्न नसक्दा काम राेकिन सक्छ । खानपानको असावधानीले स्वास्थ्यबाधा हुनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । व्यावसायिक कामले खर्च बढाउनेछ । लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । दिउँसाेदेखि स्थिति अनुकूल बन्दै जानेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विशेष काम गर्न बिहानकाे समय अनुकूल छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दिउँसाेदेखि केही व्यावहारिक बाधा देखापर्नेछन् । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । नियमित काम सम्पादन हुनेछन् ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर परिस्थितिवश यात्रा राेकिन सक्छ । काम बिग्रनाले दाेहाेर्याएर प्रयास गर्नुपर्ला । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पेसा–व्यवसायमा पनि राम्राे लाभ उठाउन सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानकाे समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहाेला । साथीभाइ टाढिनेछन् । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पेसा-व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।


