• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रुसी राष्ट्रपति पुटिनले साउदी अरब र युएईको भ्रमण गर्ने


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ ।

    Advertisement

    युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरेका छन् र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उनीमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै गिरफ्तारीको वारेन्ट जारी गरेको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मङ्गलबार पत्रकारहरूसँग भने, “राष्ट्रपति पुटिनले भोलि संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।” साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्ने क्रेमलिनले घोषणा गरेको छ ।

    उनले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नेछन् । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ ।

    युएईले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को आयोजन गरिरहेको छ तर पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन ।

    सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी भएका छैनन् । ‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उनी सहभागी भएनन् ।

    उनी सेप्टेम्बरमा व्यक्तिगतरूपमा प्रमुख जी२० शिखर सम्मेलनमा पनि सहभागी भएनन् । यद्यपि उनले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिएका थिए ।

    मार्च महिनादेखि आइसिसीले पुटिनलाई खोज्दै आएको छ । आफ्नो मुलुकमा प्रवेश गरेमा पुटिनलाई आइसिसी सदस्य राष्ट्रहरूले गिरफ्तारी वारेन्टलाई पालना गर्ने अपेक्षा गरिएको छ । आइसिसीको स्थापना सन्धिमा युएई र साउदी अरब दुबै मुलुकले हस्ताक्षर नगरेकाले उनलाई त्यहाँ गिरफ्तार गरिने छैन ।

    राष्ट्रपति पुटिनले अक्टोबरमा चीनको भ्रमण गरेका थिए । यस वर्ष पूर्वसोभियत सङ्घबाहिर यो उनको पहिलो भ्रमण थियो । धेरै दिनअघि आइसिसीले वारेन्ट जारी गरेपछि उनी पहिलो विदेश भ्रमणका रूपमा पूर्वसोभियत किर्गिस्तान गएका थिए ।

    यो साता पुटिनको भ्रमणपछि बिहीबार उनले इरानका राष्ट्रपति इब्राहिम रायसीलाई भेट्ने अपेक्षा गरिएको छ । रुसले इरानसँगको आर्थिक तथा सैन्य सम्बन्धलाई बलियो बनाइरहेको छ । इरानलाई पनि पश्चिमी प्रतिबन्धको निशाना बनाइएको छ ।

    पश्चिमी मुलुकहरूले तेहरानमाथि ठूलो मात्रामा ड्रोन र अन्य हतियार उपलब्ध गराएर युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले गत वर्ष जुलाईमा इरानको भ्रमण गर्नुभएको थियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले क्षेत्रीय समकक्षीहरूसँग छलफल गर्नका लागि अक्टोबरमा तेहरानको भ्रमण गरेका थिए ।

    इरानको आधिकारिक समाचार एजेन्सी इर्नाले पुटिनको निमन्त्रणपछि रायसीले मस्कोको भ्रमण गर्ने बताएको छ । “एक दिवसीय भ्रमणको शीर्ष एजेन्डामा आर्थिक अन्तरक्रियासहित द्विपक्षीय मुद्दाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू विशेषरूपमा गाजाको स्थितिमा छलफल हुनेछ”, इर्नाले भनेको छ ।

    मस्कोले इजराइल र हमासबिचको लामो समयदेखि चलिरहेको द्वन्द्व समाधान गर्न असफल भएकामा अमेरिकालाई दोष दिएको छ । साथै इजराइल र हमास दुवैसँग सम्बन्ध कायम राखेको रुसले स्वयंलाई एउटा सम्भावित मध्यस्थकर्ताका रूपमा राखेको छ ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer