• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८० साल मंसिर २१ गते बिहीवार: यस्तो छ तपाईको भाग्यफल !


  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
  • आज २०८० साल मंसिर २१ गते बिहीवार । मार्ग कृष्णपक्ष दशमी तिथि । हस्त नक्षत्र । चन्द्रराशि कन्या ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । साँझतिर परिस्थिति अनुकूल बन्नाले फाइदा हुनेछ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् । कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले अवसर पनि दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ । तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । सुरुमा हडबडी गर्दा काम दोहोर्याउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । अध्ययनमा त्यति समय दिन नसकिएला । अरूका काममा चासाे लिँदा समस्या निम्तिन सक्छ ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    सरसापट तथा सहयोगमा केही नगद बाहिरिएला । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन् । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि मनग्य फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन् । तापनि प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । कामको मेसो नमिल्दा केही पछि परिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्छन् । गाेप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ । उपलब्धिका लागि नियमित काम समेत दाेहाेर्याउनुपर्ला ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ । सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा भने सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल असार २ गते (१६

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer