नेपालको पूर्वी भागमा रहेको पहाडी जिल्ला पाँचथर जिल्ला कोशी प्रदेशमा पर्दछ । यसको क्षेत्रफल १,२४१ बर्ग कि.मि. रहेको छ भने समुद्री सतह देखि ६०९ मिटर देखि ४,३३८ मिटर उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकाम फिदिम बजार हो । यो जिल्ला पल्लो जिल्लाको नामले पनि प्रशिद्ध छ । भौगोलिक रुपमा यो जिल्ला २७°१२’१३” उत्तरी अक्षांस र ८७° ४८’ ५६” पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,७४,४१९ रहेको छ भने जनघनत्व १४०.५४ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लामा एकवटा नगरपालिका र सातवटा गाउँपालिका गरी जम्मा आठ वटा स्थानीय तह रहेका छन्। यस जिल्लामा बोलिने मुख्य भाषामा लिम्बु र नेपाली पर्दछन भने मुख्य जातजातिहरुमा लिम्वू, राई, मगर, गुरुङ, सुनुवार माझी, भुजेल र तामाङ पर्दछन । यस जिल्लाको पूर्वमा भारतको सिक्किम र दार्जिलिङ्ग, पश्चिममा तेह्रथुम र धनकुटा उत्तरमा ताप्लेजुङ तथा दक्षिणमा इलाम र मोरङ जिल्लासँग सिमाना जोडिएको छ । यस जिल्लाका मुख्य नदीहरुमा पाँचथर र तेह्रथुम सिमाना भइ वग्ने सप्तकोशीको सहयाक तमोर नदी साथै पाँचथर र ताप्लेजुङ्गको सिमाना भइ वग्ने कावेली नदी गरी २ ठुला नदीहरु पर्दछन । जलवायुका हिसावले यस जिलामा नेपालमा पाइने सबै पाँचवटै जलवायुहरु उष्ण मौषमी जलवायु, अर्धोष्ण सङशीतोष्ण जलवायु, ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु पाइन्छन भने वनस्पतिहरुमा उष्ण सदावहार वन, अर्धोष्ण पतझड वन, कोणधारी वन तथा लेकाली वनस्पति पाइन्छन ।
जिल्ला परिचय: पाँचथर
जिल्ला परिचय: पाँचथर
तपाईको प्रतिक्रिया




