• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

धेरै विदेशी लगानीकर्ताहरु लुम्बिनीमा लगानी गर्न चाहन्छन्: मुख्यमन्त्री चौधरी


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • नवलपरासी । लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा आजदेखि सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने बताए ।

    Advertisement

    त्यस अवसरमा मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताए । विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको उनको भनाइ थियो ।

    मुख्यमन्त्री चौधरीले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय कला, संस्कृतिको पहिचानलाई प्रवर्द्धन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । “हामीले सधैँ ठूला उद्योगका मात्र कुरा गर्यौँ तर आफ्नै उत्पादनलाई चिन्न सकिरहेका छैनौँ, अब बजारमा गाउँका उत्पादन आउनुपर्छ, साना–साना लघुउद्यमले मात्र स्थानीय तहमा आर्थिक समृद्धि ल्याउन सक्छ, हामीले के सहयोग गर्नुपर्छ हामी तयार छौँ, तीन तहका सरकार र निजी क्षेत्र हातेमालो गर्न तयार हुनुपर्छ”, चौधरीले भने ।

    पहाडमा उत्पादित सामग्री नाकासम्म ल्याउनका लागि पर्यटकीय स्थलमार्गको विकासमा जोड दिन सकेमात्र आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने उनको भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले वार्षिक दुई लाख युवालाई रोजगारी दिनेगरी सोहीअनुरुपका योजनामा प्रदेश सरकार लागिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

    बुद्ध सर्किटलाई जोड्ने गरी पर्यटन प्रवर्द्धनका लागिसमेत लगानीका लागि विश्व बैंक र एसियाली विकास बैंकसँग निरन्तर छलफल गरी ठूलो लगानीको योजना बनाएको चौधरीले उल्लेख गरे । उनले प्रदेश सरकारले पर्यटन प्रवर्द्धन, उद्योगको विकास र रोजगारी सिर्जनाको उद्देश्य अनुरुप काम गरिरहेको बताए ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer