आज २०८० साल मंसिर २४ गते आइतवार । मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि । स्वाती नक्षत्र, ११ः०० बजेपछि विशाखा । चन्द्रराशि तुला । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मेहनतले राम्रै प्रतिफल दिलाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पर्नेछ । नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला । पहिलेका कमजोरी सच्याउने समय छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । पछिका लागि काम गर्ने मौका छ । भेटघाटले उत्साह जगाउनेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अधैर्य व्यवहारले समस्या निम्त्याउला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । महत्त्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । स्वास्थ्य-चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनतले आम्दानी बढाउनेछ । सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ । श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउला । मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले निकास पाउनेछ । फजुल खर्च भने बढ्न सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला । पेसा–व्यवसायमा केही मन्दी आउन सक्छ ।





