• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नरगिसका छोराछोरीले लिए नोबेल शान्ति पुरस्कार


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । कारागारमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीले आफ्ना छोराछोरीमार्फत दिएको भाषणमा इरानमा ‘अत्याचारी तथा महिलाविरोधी धार्मिक’ सरकारको निन्दा गरेकी छन् । मोहम्मदीको अनुपस्थितिमा आइतबार उनका छोराछोरीले नोबेल शान्ति पुरस्कार ग्रहण गरेका छन् ।

    Advertisement

    इरानमा हिजाब लगाउनुपर्ने अनिवार्यता र मृत्युदण्डको सजायविरुद्ध अभियान चलाएकी मोहम्मदी सन् २०२१ देखि तेहरानको इभिन कारागारमा बन्दी छिन् ।

    यसको सट्टा सन् २०१५ देखि फ्रान्समा निर्वासनमा बस्दै आएका उनका १७ वर्षीय जम्ल्याहा छोराछोरी अली र कियानाले जेलको कोठीबाट बाहिर निकाल्न सफल भएको भाषण पढ्दै उनका तर्फबाट पुरस्कार ग्रहण गरिन् ।

    “म एक मध्यपूर्वी महिला हूँ र म यस्तो क्षेत्रबाट आएकी छु जुन आफ्नो समृद्ध सभ्यताका बाबजुद अहिले युद्ध, आतङ्कवादको आगो र अतिवादको बीचमा फसेको छ”, ‘जेलको अग्लो, चिसो पर्खालपछाडि’ लेखिएको एउटा सन्देशमा उनले भनिन्, “इरानी जनताले दृढताका साथ अवरोध र निरङ्कुशतालाई समाप्त पार्नेछन्, कुनै सन्देह छैन– यो निश्चित छ ।”

    मोहम्मदीलाई हालैका दशकहरूमा धेरै पटक गिरफ्तार गरियो र दोषी ठहर गरियो । उनका जम्ल्याहा छोराछोरीले करिब नौ वर्षदेखि आफ्नी आमालाई देख्न पाएका छैनन् । “म व्यक्तिगतरूमा अत्यन्त निराशावादी हूँ”, कियाना मोहम्मदीले भनिन् । यद्यपि भाइ अलिले उन अत्यन्त आशावादी भएको बताए ।

    ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनले सबै महिलालाई टाउकोमा स्कार्फ लगाउने प्रचलनको अन्त्य र तेहरानमा मुस्लिम धर्मगुरुको नेतृत्वको सरकारको समाप्तिको माग गर्दछ ।

    “म एक इरानी महिला हूँ, सभ्यताका लागि गर्व र सम्मानजनक योगदानकर्ता हूँ, हाल यो निरङ्कुश धार्मिक सरकारको दमनको अधीनमा छ”, मोहम्मदीले भनिन्। पुरस्कार वितरण समारोहमा प्रतीकात्मकरूपमा एउटा कुर्सी खाली राखिएको छ जसमा मोहम्मदीको चित्र राखिएको थियो ।

    मोहम्मदी ‘महिला, जीवन, स्वतन्त्रता’ विद्रोहको नेतृत्व गर्ने महिलामध्येकी एक छिन् । उक्त विद्रोहमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि पूरै इरानमा महिनौँसम्म विरोध प्रदर्शन भएको थियो ।

    इरानी कुर्द महिला अमिनीको सन् २०२२ सेप्टेम्बर १६ मा इरानको धार्मिक प्रहरीले महिलाहरूका लागि मुलुकको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा हिरासतमा लिएपछि मृत्यु भएको थियो ।

    नर्वेली शाही परिवार र विदेशी पाहुनाहरूसमक्ष पढिएको भाषणमा मोहम्मदीले भने, “सरकारले अनिवार्य गरेको हिजाब कुनै धार्मिक दायित्व वा सांस्कृतिक परम्परा होइन, बरु पूरै समाजमा अधिकार र अधीनता कायम गर्ने माध्यम हो ।”

    उनले सरकारी दमन, स्वतन्त्र न्यायिक प्रणालीको कमी, प्रचार र सेन्सरसीप तथा भ्रष्टाचारको निन्दा गर्दै इरानले स्वयंलाई आफ्ना जनताबाट मौलिकरूपमा अलग गरिरहेको बताए ।

    उनको परिवारका अनुसार मोहम्मदीले अहिले बहाई समुदायसँग ऐक्यबद्धता जनाउँदै भोक हड्ताल गरिरहेका छन् ।

    नोबेल पुरस्कारको एक सय २० वर्षभन्दा लामो इतिहासमा हिरासतमा रहँदा यो पुरस्कार पाउने मोहम्मदी पाँचौँ व्यक्ति छिन् ।

    उनीअघि जर्मनीका कार्ल भोन ओसिएट्स्की, म्यान्माकी आङ सान सुकी, चीनका लिउ जियाओबो र बेलारुसका एलेस बोलियात्स्कीले हिरासतमै रहँदा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer